तानसेन बसपार्क वासीले गरे पाल्पा प्रहरी प्रमुख शर्मालाई बिदाइ

पाल्पा, सरुवा भएर जान लागेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माको तानसेन वडा न ६ बासीले बिदाइ गरेका छन । फेरी भेटौंला कार्यक्रम अन्तर्गत बसपार्क बासीले एसपी शर्माको बिदाइ गरेका हुन् ।

 

शर्माको नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसी काठमाडौंमा सरुवा भएको छ । कार्यक्रममा बोल्दै विदाइ भएर जान थालेका शर्माले आफुले इमान्दारीताका साथ कर्तव्य निर्वाह गरेको बताउनुभयाे ।  उहाले विगतको समयलाई तुलना गर्दा अपराधिक घटनामा कमी, लागु औषध प्रयोग, ओसार– पसार र बेचबिखनलाई कानूनी कारवाहीको दायरामा ल्याउन  सफल भएको बताउनुभयाे । यस्तै प्रमुख शर्माले चोरीका घटनामा अनुसन्धान गरी कारवाहीको दायरामा ल्याईएको, प्रहरी कर्मचारीहरुलाई पेशागत मर्यादाको अभिवृद्धि गरिएको, जनचेतनामुलक कार्यक्रमहरुको संख्यात्मक बृद्धिका साथै परिणाममुखी देखिएकाे बताउनुभयाे ।  

चाडपर्व लक्षित सुरक्षा योजना बनाई यात्रुहरुसँग २ मिनेट, चोरी नियन्त्रणका लागि सलह कार्यक्रम, यात्रु सहायता कक्षको स्थापनामार्फत २४ सै घण्टा प्रभावकारी सेवा, माईकिङग र्‍याली, सवारी चालक तथा साधनको स्वास्थ्य तथा यान्त्रिक परिक्षण, अलपत्र परेका, हराएका महिला बालबालिका तथा जेष्ठ नागरिक, सहाराविहिन विरामीहरुको उपचारका लागि समन्वय गरी भरपर्दो सेवा प्रवाह गरिएको प्रमुख शर्माले बताउनुभयाे  । जिल्लामा रहँदा सबैको सहयोगले नै सहज रुपमा काम गर्न सकिएको उनको भनाइ थियो । सबै क्षेत्रका व्यक्तित्वहरुको सहकार्यमा जिल्लामा धेरै काम गर्न सकिएको भन्दै प्रमुख शर्माले आउँदा दिनमा पनि निरन्तरता दिन समेत आग्रह गरे । जिल्लामा शान्ति सुरक्षा कायम गर्न सहयोग गर्ने सबैलाई उनले धन्यावाद समेत दिए । तानसेन वडा न ६ का वडा अध्यक्ष सागर मान महर्जनले  जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रमुखले महत्वपूर्ण योग्दान गरेको बताउनुभयाे । कार्यक्रममा युवा व्यवसायी सुशील शाक्य,समाजसेवी रवि गुरूङ्ग,व्यवसायी अमन श्रेष्ठ लगाएतकाे उपस्थिति रहेको थियाे । कार्यक्रमकाे सञ्चालन श्रीनगर यातायात व्यवसायी समितिका काेषाध्यक्ष किरन चित्रकारकाे सञ्चालन भएको थियो ।

Comments