तिज विशेष कार्यक्रम सकारात्मक सन्देश प्रवाह गर्ने गरि मनाउन काङ्ग्रेस पाल्पा सभापति श्रेष्ठको जोड
पाल्पा-नेपाल ट्रेड युनियन काङ्ग्रेस जिल्ला कार्य समिति पाल्पाको आयोजना भएको तीज विशेष कार्यक्रममा नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले तिज विशेष कार्यक्रम सकारात्मक सन्देश प्रवाह गर्ने गरि मनाउनुपर्ने कुरामा जोड दिएका छन ।
शनिबार विपि स्मृति भवन तानसेनमा आयोजित कार्यक्रममा बोल्दै सभापति श्रेष्ठले चार्डपर्वलाई भड्किलो तरिकाले नमनाई सकारात्मक सन्देश प्रवाह गर्ने गरि मनाउनुपर्ने बताए । तिज पर्व विशेषगरी नेपाली महिलाहरूको बिशेष पर्व रहेको बताए । ट्रेड युनियन काङ्ग्रेस पाल्पा महिला विभागले तिज विशेष कार्यक्रम आयोजना गरि पाटीका विभिन्न भातृ एवम सुभेच्छुक सस्थाका महिला दिदी बहिनिलाई एकीकृत गरि अनुभव साटासाट गर्ने गरि कार्यक्रम आयोजना गरेको धन्यवाद दिए । सभापति श्रेष्ठले तिज विशेष कार्यक्रम पछिल्लो समयमा खर्चिलो र भड्किलो गरि मनाउने प्रचलन बढेको छ । त्यसैले चार्डपर्वलाई सकारात्मक सन्देश प्रवाह गर्ने गरि समुदायमै पुगी आर्थिक,सामाजिक हिसाबले पिछडिएका नागरिकहरूसँग प्रत्यक्ष रूपमा सहभागी भई परम्परागत रूपमा सकारात्मक सन्देश प्रवाह गर्ने गरि मनाउन आर्गह गरे ।
कार्यक्रममा नेपाली काङ्ग्रेस पाल्पाका निवर्तमान सभापति एवम प्रदेश सांसद वीर बहादुर रानाले काङ्ग्रेसले महिलाहरूलाई सक्षम र उधमशिल बनाउने तर्फबाट लाग्नुपर्ने बताए । उनले तिज लगाएत नेपालीहरूले मनाउने चार्डपर्वलाई समय अनुरूप परिमार्जित गर्दै लैजानुपर्ने बताए । काङ्ग्रेसले सस्कृतिलाई जर्गेना गरि आम नागरिकलाई जोड्ने गरि सांगठनिक रूपमा सहभागी बनाउदै कार्यक्रम गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस पाल्पाका उपसभापति
झपेन्द्र गैरे,नेपाली काङ्ग्रेस पाल्पाका सचिव सुनिता अधिकारी,नेपाली काङ्ग्रेस पाल्पाका कोषाध्यक्ष मोहन श्रेष्ठ,नेपाली काङ्ग्रेस नेता राजेन्द्र गोपाल सिङ, नेपाल काङ्ग्रेसका नेता कृष्ण प्रसाद बस्याल, नेपाल ट्रेड युनियन काङ्ग्रेस पाल्पाका सभापति निल कण्ठ देवकोटा नेपाली काङ्ग्रेस पाल्पा क्षेत्र न २ का क्षेत्रीय सभापति मुक्तिराम जिसीले नेपाली काङ्ग्रेस प्रदेश महासमिति सदस्य नन्दा ज्ञवालीले लगाएतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम नेपाल ट्रेड युनियन काङ्ग्रेस पाल्पाका महिला विभाग प्रमुख सरस्वती राज भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।








































Comments