SPICES मार्फत फलफुल, कफि र घासका विरुवा वितरण
पाल्पा-सि.आर. एस Catholic Relief Services को आर्थिक तथा प्राविधिक सहयोगमा ग्रामीण आर्थिक विकास संघ रेडा पाल्पाको सहजीकरणमा पाल्पामा संचालित वातावरणीय दिगोपनका लागि श्रोत र क्षमताको सुनिश्चितता (SPICES) मार्फत महिला ,युवाहरु र साना किसानहरुको जिविकोपार्जन सुधारमा लागि पुर्वखोला गाउँपालिका वडा नं. १ ,५ र तानसेन नगरपालिका वडा नं ०७ मा जम्मा ७६६९ फलफुल कफि र विभिन्न प्रजातीका घासको विरुवा वितरण गरिएकाे छ ।अदुवा र बेसार संगै फलफुल कफि र विभिन्न प्रजातीका घास रोपण गरि किसानहरुलाई बहु आयामिक आम्दानीको श्रोत संग जोडी जिविकोपार्जन उद्धेश्य राखि पाल्पा जिल्लाका तिन बटा स्थानिय तह तानसेन नगरपालिका, माथागढी गाउँपालिका र पुर्वखोला गाउँपालिकामा यो परियोजना कार्यान्वयन भएको छ ।
स्थानिय स्तरमा उत्पादित अदुवा ,बेसार र दालचिनी लगायतका बालीहरुको प्रधोशन गरि सामुहिक बजारीकरणको अभ्यास सहकारी संस्था मार्फत मुल्य अभिबृद्धि हुने गरि कृषक तथा उपभोक्तामैत्री वातावरण सृजना गर्न पाल्पा जिल्लामा परियोजनाले विगत तिन महिना देखि परियोजनाले काम गरिरहेको रेडा पाल्पाका कार्यकारी निर्देशक लीला बहादुर कार्कीले बताउनु भएको छ ।
कार्यक्रम औपारिक रुपमा संचालन गरिएको थियो । पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापा ज्युको प्रमुख आथित्यता र विशिष्ट आतिथी गा.पा उपाध्यक्ष भागीरथी शर्मा भट्टराई तथा निमित्त प्रमुख प्रशासकिय विनोद नेपालको उपस्थितीमा तानसेनमा कार्यबाहक नगर प्रमुख यादव सिह कार्की निमित्त प्रमुख प्रशासकिय दुर्गा थापा विशिष्ट आतिथीमा कार्यक्रम संचालन भएको थियो ।








































Comments