शिवालय मन्दिर बगनासकाली–९ चापपानी फुक्टुङ्गमा नव निर्मित भवन उद्घाटन
पाल्पा — पाल्पाको बगनासकाली गाउँपालिका–९ चापपानी फुक्टुङ्गस्थित शिवालय मन्दिरमा नव निर्मित दुई कोठे भवनको उद्घाटन गरिएको छ। उक्त भवनको उद्घाटन लुम्बिनी प्रदेश सभा उपसभामुख मेनुका खाँण के.सी.ले गर्नुभएको हो ।
समुदायको धार्मिक तथा सामाजिक गतिविधिलाई अझ व्यवस्थित बनाउन नयाँ भवन निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । उक्त भवन निर्माण सम्पन्न भएपछि मन्दिरमा आउने भक्तजनहरूलाई सुविधाजनक वातावरण उपलब्ध गराउने लक्ष्य राखिएको छ । उद्घाटन समारोहमा मन्तव्य राख्दै उपसभामुख खाँणले धार्मिक स्थलहरूको संरक्षण तथा विकासमा सबैको साझा योगदान आवश्यक हुने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हरि पाठकले स्थानीय धर्म, संस्कृति, र परम्पराको संरक्षणमा यस्ता भौतिक पूर्वाधारहरूको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाले भन्नुभयाे धार्मिक तथा सांस्कृतिक सम्पदाहरू हाम्रो पहिचान हुन् । समुदायको सक्रिय सहभागितामा निर्माण भएको यस भवनले धार्मिक गतिविधिहरूलाई अझ व्यवस्थित बनाउन मद्दत गर्नेछ । गाउँपालिकाले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर सहयोग गर्नेछ।"बताउनुभयो ।
मन्दिरको विकासका लागि स्थानीय बासिन्दाहरू, दाताहरू, तथा संघसंस्थाको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समारोहमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, तथा भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।








































Comments