श्रीनगर यातायात सेवा कम्पनी प्रालिको तेस्रो वार्षिक साधारणसभा सम्पन्न
पाल्पा, श्रीनगर यातायात सेवा कम्पनी प्रालिको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाकाे उद्घाटन नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधी खरेलले गरे । उनले सभालाई सम्बाेधन गर्दै देश विकासका लागि निजी क्षेत्रका यातायात व्यवसायीहरुको योगदान महत्वपूर्ण रहेको बताएका छन् । उनले वर्तमान सरकार निजी क्षेत्रको समस्याप्रति अनविज्ञ रहेको आरोप लगाउँदै, सरकार यातायात व्यवसायी प्रति सकारात्मक हुन नसकेको पनि आरोप लगाए । सरकारले जबसम्म यातायात व्यवसायीका तमाम समस्याको समाधान खोजेर अगाडि बढ्दैन तबसम्म देशले विकासको बाटो अवलम्वन नसक्ने बताए । साधारण सभा कार्यक्रममा विशिष्ठ अतिथि लुम्बिनी प्रदेशका प्रदेश सांसद तथा काँग्रेका नेता वीरबहादुर रानाले यातायात व्यवसायीका समस्याहरुलाई सम्वोधन गर्ने कामलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे । उनले मुलुकमा प्राप्त लोकतन्त्र निश्चित केही समूह र व्यक्तिका लागि मात्र नभएर नेपालका गरिब उद्यमी र साना व्यवसायीका लागि हितकर बन्न नसकेको आरोप लगाए । यसैगरी कार्यक्रमका विशिष्ट अतिथि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले यातायात व्यवासाय नाफामूखी मात्र नभएर सेवामूखी पनि भएको हुँदा यो क्षेत्रलाई अरु व्यवसायी जस्तो हिसावबाट हेर्न नहुने धारणा व्यक्त गरे ।
प्रालिका अध्यक्ष डिलबहादुर ढुंगानाले आवश्यकता तथा परिस्थिति अनुसार कम्पनीले सामाजिक उत्तरदायित्व वहन गर्दै समाजका कार्यलाई प्रत्यक्ष तथा वा अप्रत्यक्ष रुपमा सहयोग गर्दै आएको बताए । उनले यातायात क्षेत्र धरासयी भइरहँदा यस क्षेत्रका समस्याहरु सामाधानतर्फ राज्यका निकायहरु मौन हुँदा सम्पूर्ण यातायात व्यवसायी एवम् मजदुर वर्गलाई दुखित तुल्याएको र यस अवस्थामा आफ्नो दायित्व सफलतापूर्वक निर्वाह गरी वर्तमान चूनौतीसंग जुधिरहेको बताए । अध्यक्ष ढुंगानाले कम्पनीका गतिविधिको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस प्रदेश समितिका सदस्य कृष्णप्रसाद अधिकारी, एमालेका चिरिन्जीवी पोख्रेल, नेकपा माओवादीका हिरा थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका दिलिप घिमिरे, पाल्पाका प्रहरी प्रमुख नरेन्द्र चन्द, तानसेन वडा ६ का वडा अध्यक्ष सागर महर्जन, पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा, यातायात व्यवसायीको तर्फबाट रुपकलाल श्रेष्ठ आदिले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । कम्पनीका अध्यक्ष डिलबहादुर ढुंगानाको सभापतित्व भएको कार्यक्रममा कम्पनीका सञ्चालक लक्ष्मण पाण्डेको स्वागत र कम्पनीका सचिव भविन्द्र गौतमको सञ्चालनमा भएको थियो ।








































Comments