श्रीनगर गणेश रथयात्रा सयौं वर्षमा,तयारी तीव्र, सरसफाइ अभियानमा उत्साहजनक सहभागिता

तानसेन, पाल्पा – यस वर्ष मनाउन लागिएको ऐतिहासिक श्री ७ सिद्धिबिनायक श्रीनगर गणेशको १०० औं गणेश रथयात्राको अवसरमा जात्रालाई भव्य र मर्यादित बनाउन स्थानीय बासिन्दा, टोल विकास संस्था, धार्मिक समितिहरू तथा सामाजिक अभियान्ताहरू जुटेका छन् । जात्रालाई स्वागत गर्न श्रीनगरको श्री सिद्धि बिनायक गणेश मन्दिर परिसरमा सरसफाइ अभियान चलाइएको छ, जसमा ‘हाम्रो श्रीनगर, हामी सफा गर्छौं’ अभियानका अभियन्ताहरू तथा  टोल विकास संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको छ । मन्दिर परिसर र वरपरका क्षेत्रलाई सफा गर्दै जात्राको तयारी अघि बढाइएको छ। सरसफाइ अभियानमा सहभागी स्थानीय टोलीले वातावरणलाई स्वच्छ राख्नुपर्ने आवश्यकता महसुस गराउँदै स्वेच्छिक रूपमा श्रमदान गरेका हुन । 

 

गणेश जात्राको इतिहास ऐतिहासिक भगवती जात्रासँग जोडिएको गुठीयार तथा नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले बताउनुभयो । नेपाली सेनाले जीतगढी युद्धमा विजय प्राप्त गरेको खुसीयालीमा भगवती जात्रा जस्तै गणेशको रथयात्रा निकाल्ने गरिएको उहाले बताउनुभयो । श्रेष्ठका अनुसार परापुर्वक देखि गणेशको रथयात्रा विशेष गरी तानसेनका चार घर परिवारले सुरु गरेका थिए । गुठियार लिगल, सुवाल, महर्जन र श्रेष्ठ परिवारले गणेशको रथ निकाल्ने परम्पराको सुरुवात गर्नुभएको हो । पछिल्लो समय यहाँका तीन घर परिवार बसाईसरी बाहिर गएपछि अहिले श्रेष्ठ परिवारले गुठीमार्फत यो रथयात्रा निकाल्ने गरेका छन् । विगत ३० वर्षदेखि गुठीमार्फत यो जात्रा निकाल्ने गरिएको छ । तानसेनमा थुपै रथयात्रा निकाल्ने गरिए पनि गणेशको रथ निकालेपछि मात्र अन्य रथ निकाल्ने प्रचलन रहेको छ । नेवार समुदायको परम्परागत संस्कृतिलाई बचाई राख्न हरेक वर्ष गणेशको रथ निकाल्ने गरिएको हो । नेवारी समुदायमा जनैपूर्णिमादेखि जात्राहरु सुरु भएपनि गणेशको रथयात्रा निकालेपछि मात्र अन्य रथहरु निकाल्न बाटो खुला भएको गुठियार श्रेष्ठले बताउनुभयो । यो बर्ष १०० औं गणेश रथयात्रा परेकाले तयारी तीव्र पारिएको श्रेष्ठले बताउनुभयो । सम्मान कार्यक्रमको संयोजक हरिबोल भट्टराईले गणेश मन्दिर र रथको जिर्णोद्धारमा श्रमदान र आर्थिक सहयोग गर्ने व्यक्ति, विगतका गुठीयारहरू, टोल विकास संस्थामा सक्रिय रहेकाहरू, भजन(कीर्तनमा योगदान दिने समर्पित व्यक्तित्वहरू, जात्राको परम्परा जोगाउन निरन्तर लागिपरेका सांस्कृतिक अभियन्ताहरू,संघ सस्थाहरूलाई सम्मान गरिने बताउनुभयो ।  यस कार्यक्रममार्फत अतीतदेखि अहिलेसम्म गणेश रथयात्राको निरन्तरतामा भूमिका निर्वाह गर्ने अग्रज पुस्ताको सम्मान गरिने र नयाँ पुस्तालाई पनि परम्परा जोगाउने प्रेरणा प्रदान गरिने उहाले बताउनुभयो । 

 

श्री ७ सिद्धिबिनायक गणेश सहयोग समितिका अध्यक्ष केदारलाल श्रेष्ठले रथयात्राको तयारीबारे जानकारी दिँदै भने, “१०० औं वर्षको अवसरमा  जात्रालाई ऐतिहासिक बनाउने तयारीमा रहेको बताउनुभयो । समितिले सरसफाइ मात्र नभई, रथ बनाउने कार्य, यात्राको मार्ग व्यवस्थापन, साँस्कृतिक कार्यक्रम तथा सुरक्षा संयोजनमा पनि विशेष ध्यान दिइएको बताउनुभयो । उपाध्यक्ष बसन्त सिमागैडाका अनुसार यसपालिको जात्रालाई सांस्कृतिक पर्यटनसँग पनि जोडेर अगाडि बढाउने सोच राखिएको बताउनुभयो । उहाका अनुसार स्थानीय उत्पादन र मौलिक परम्पराको प्रचार–प्रसारमा पनि जात्राले योगदान दिने बताउनुभयो । सरसफाइ अभियानमा अग्रसर अभियन्ता तथा मन्दिर व्यवस्थापन समितिका सदस्य सम्भु आचार्यले धार्मिक स्थललाई स्वच्छ र व्यवस्थित बनाउनु सबैको कर्तव्य भएको बताउँदै गणेश मन्दिर संस्कृतिको केन्द्र रहेको बताउदै यसलाई श्रद्धा र स्वच्छतासहित संरक्षण गर्नुपर्छ भन्ने सन्देश सबैले दिनुपर्ने बताउनुभयो । उहाले तानसेनको श्रीनगर क्षेत्र हामी सफा गर्छौ भन्ने अभियानका साथ सरसफाइलाई तिवत्रा दिएको बताउनुभयो । 

 

श्री ७ सिद्धिबिनायक गणेश सहयोग समितिका कोषाध्यक्ष शालीकराम बस्यालले समितिका प्रत्येक सदस्य तथा सल्लाहकारहरूबाट दिनको १ रूपैयाँका दरले वार्षिक ३६५ रूपैयाँ सहयोग गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । यो सानो योगदानमार्फत ठूलो सामाजिक र धार्मिक उत्तरदायित्व पूरा गर्न सकिने विश्वास समितिको रहेको बताउनुभयो । त्यस्तै, उहाँले स्थानिय व्यापारी, धार्मिक अभियान्ता, भक्तजन र शुभेच्छुकहरूलाई समेत दिनको १ रूपैयाँका दरले वार्षिक ३६५ रूपैयाँ सहयोग गर्न अपील गरिएको बताउनुभयो । उहाले यो सानो योगदान भए पनि नियमित सहभागिता र आस्थाले यो पवित्र कार्यलाई दीगो र सामूहिक बनाउने बताउदै अभियानमार्फत गणेश मन्दिरको संरक्षण, रथयात्राको व्यवस्थापन र समुदायमा धार्मिक–सांस्कृतिक चेतना विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको बताउनुभयो  । श्री ७ सिद्धिबिनायक गणेश सहयोग समितिकी सदस्य सरस्वती आले र दिपा श्रेष्ठका अनुसार १०० औं गणेश रथयात्राको अवसरमा करिब १ हजार जना भक्तजनलाई ध्वजा (प्रसाद)को व्यवस्था गरिने बताउनुभयो । श्रद्धालुहरूलाई सहज र व्यवस्थित रूपमा ध्वजा र प्रसाद वितरण गरिने जानकारी दिनुभयो । 

 

तानसेन नगरपालिका वडा नं ३ की वडा सदस्य सुनिता श्रेष्ठले टोल विकास समितिको समन्वयनमा  मन्दिर सरसफाइ गरिएको बताउनुभयो । श्रीनगरको यो ऐतिहासिक जात्रामा हामी सबै वासिन्दा गैरब जोडिएको बताउदै जात्राको  मौलिक परम्परालाई संरक्षण गर्न सदैव तयार रहने श्रेष्ठले बताउनुभयो । जात्राको तयारीसँगै रथयात्रामा साङ्गीतिक झाँकी, मौलिक पोशाकमा सजिएका स्थानीय कलाकारहरूको प्रस्तुतिका साथै भक्तजनहरूलाई पिउने पानी, प्राथमिक उपचार, र ट्राफिक व्यवस्थापनका पक्षमा पनि विशेष ध्यान दिइएको छ । आयोजक समितिका अनुसार रथयात्राको पूर्वसन्ध्यामा विशेष पूजाअर्चना तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ।

Comments