श्रमिकका छोराछोरी निशुल्क पढाउदै जिलाफ
पाल्पा-पाल्पाको तानसेन नगरपालिका वडा न ३ पद्म पब्लिक माध्यमिक विधालयमा नेपाल ट्रेड युनियन कांग्रेस पाल्पाकाे सञ्चालन,समन्वय र जापानीज सस्था जिलाफकाे सहयाेगमा हाल ५० जना विधार्थीहरुलाई अनाैपचारिक शिक्षा कार्यक्रम अन्तर्गत अध्यापन गराउदै आएको छ । सस्थाले श्रमिकहरुका छोरी छोरीहरुलाई निशुल्क अध्यापन गराउनका लागि नेपाल ट्रेड युनियन काग्रेसको समन्वय र सहकार्यमा उत्त कार्यक्रम सञ्चालन गर्दै आएको हाे ।
तुनि रानाको घर नवलपरासी जिल्लामा पर्दछ । उहा विगत ५ बर्ष देखि पाल्पाको तानसेनमा मजदुरी गर्नुहुन्छ । उहाँ श्रीमान र २ वटा छोरीसँग तानसेनमा बस्दै आउनु भएको छ । विहानको ७ बजे श्रीमान र आफु श्रम गर्न जाने गरेको बताउनुहुन्छ । जिलाफले छोरीहरुलाई अनाैपचारिक विधालयमा निशुल्क पढाइ दिदा धेरै राहत मिलेको बताउनुु भयो । दैनिक रुपमा मजदुरी गरि जिविको पार्जन गर्दै आउनु भएकी रानाले छोरीहरूको पढाई खर्च पुर्याउन पनि समस्या रहेको थियो । रानाकाे छोरीहरुलाई जापानीज सस्था जिलाफको आर्थिक सहयोग र नेपाल ट्रेड युनियन काग्रेसको समन्वयमा सञ्चालित बाल अनौपचारिक शिक्षाबाट अध्ययन गर्न पाउदा राहत मिलेको बताउनु भयो । बाल अनौपचारिक विद्यालयबाट शिक्षा हासिल गरेका विधार्थीहरुले अध्ययन पश्चात कक्षा ६ मा भर्ना भई अध्ययन गर्न पाउने व्यवस्था रहेको छ ।
त्यस्तै इमा कुमाल पनि जिलाफबाट सहयोय प्राप्त गरि छोराछोरीलाई अध्यापन गराउने मध्येको एक हुनुहुन्छ । बगनासकाली गाउँपालिकाको घोरबन्दा घर भएकी इमा कुमालका एक छोरा र एक छोरी हुनुहुन्छ । कुमालले तानसेनमा लामो समय देखि श्रमिकको काम गनुहुन्थो । विगत १ बर्ष अघि घर बनाउने काम गर्दागर्दै घरको ३ तला माथि छतबाट लड्नु भयो । घरमा एक छोरा,एक छोरी र श्रीमान सहित ४ जनाको परिवार रहेको कुमालको परिवारमा अहिले श्रीमानले मात्र मजदुरी गर्नु हुन्छ । मजदुरी गरेर ल्याएको आम्दानीले परिवारको खर्च टार्न धौ धौ हुने गरेको बताउनुभयाे । छोरा छोरीलाई बाल अनौपचारिक बिधालयमा निशुल्क रुपमा अध्ययन गराउन पाउदा धेरै राहत मिलेको बताउनभयो । सस्थाले विधार्थीहरुलाई निशुल्क पढाउने मात्र होइन विधार्थीहरुलाई निशल्क पोषाक,कापी,कलम समेत प्रदान गर्दै आएकोले दैनिक मजदुरी गरि जीविकोपार्जन गर्नेहरूलाई मधत पुगेको बताउनभयो ।
पद्म पब्लिक माध्यमिक विधालयमा सञ्चालित अनौपचारिक बाल विद्यालयमा ५० जना विधार्थीहरुले अध्ययन गर्दै आएको कार्यक्रमका समन्वयकर्ता एवम कार्यक्रम संयाेज नेपाल ट्रेड युनियन काग्रेस पाल्पाका सचिब लाेकनाथ अधिकारले जानकारी दिनुभयो । अनौपचारिक बाल विद्यालयमा अध्ययन गरेका विधार्थीहरुले अध्ययन पश्चात कक्षा ६ सम्मको पढाईको मान्यता पाउनेछन । सोही समयको अवधि सम्म विधार्थीहरुलाई विधालयमा राखी निशुल्क अध्यापन गराउने व्यवस्था रहेको बताउनभयो । जापानमा रहेका श्रमिकहरुले दैनिक रुपमा श्रमबाट प्राप्त गरेको रकमको केहि हिस्सा नेपालका श्रमिकहरुका छोराछारीहरुको शैक्षिक विकासका लागि सहयोग गर्दै आएकाे बताउनुभयो । हाल अनौपचारिक बाल शिक्षा अध्यापन गराउन २ जना शिक्षकहरुकाे व्यवस्था गरिएको छ । बिशेष गरि विद्यालयमा दैनिक रूपमा श्रम गर्ने श्रमिकका छोराछोरीहरुलाई बिधालयमा अध्यापन गराउदै आएको बताउनभयो ।
यसैबिच शनिबार अनौपचारिक बाल विधालयका विधार्थीहरुका अभिभावकसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जस्मा अभिाभवकहरुले विधालयमा छोराछोरीहरुलाई निशुल्क अध्ययन,अध्यापन गराउन पाउदा राहत मिलेको बताउनु भएको छ । नेपाल ट्रेड युनियन काग्रेस पाल्पाका अध्यक्ष निलकण्ठ देबकाेटाले अभिभावकहरुले समय समयमा विधालयमा आई विधार्थीहरुको शैक्षिक अवस्थाका बारेमा जानकारी लिनुपर्ने र आवश्यक सरसल्लाहा सुझाव दिन आग्रह गर्नुभएको छ । विधार्थी,अभिभावक र शिक्षकहरुको सम्बन्धले नै विधालयको शैक्षिक गुणस्तर वृद्वि गर्न मद्दत पुग्ने भएकाले अभिभावकहरुले आफनो छोराछोरीको शैक्षिक अवस्थाको बारेमा चासो राख्नुपर्ने कुरामा जोड दिनुभयो । नेपाल ट्रेड युनियन काग्रेस पाल्पाका सचिव लोकनाथ अधिकारीले बिधालयमा बिधार्थीहरुलाई निशुल्क अध्ययन,अध्यापन गराउने मात्र होइन समय समयमा अभिभावकहरुलाई सिपमुलक तालिमहरु पनि प्रदान गर्दै आएको बताउनुभयो ।








































Comments