श्री ७ रणउजिरेश्वरी भगवती माताको २०५ औँ खट यात्रा:र्यालीमा उत्कृष्ट हुनेलाई पुरस्कार प्रदान

पाल्पा-नेपालीको वीरता , धिरता , रणकौशलताको इतिहास र राष्ट्रियतासँग जोडिएको लुम्बिनी प्रदेश पाल्पा जिल्ला तानसेन नगरमा  भाद्र ११ गते नवमी तिथीको दिन नगर परिक्रमा गरी मनाइएको महिषासुर मर्दिनी बरदायनी शक्ति स्वरूपा श्री ७ रणउजिरेश्वरी भगवती माताको २०५ औँ खट यात्रा ९विजय उत्सव० निकालियो । यो बर्ष देखि श्री ७ रणउजिरेश्वरी भगवती गुठी समिति तानसेन पाल्पाले र्यालीमा उत्कृष्ट हुनेलाई पुरस्कार शुरूवात गरेको छ । 

 

समितिले मंगलबार एक कार्यक्रमको आयोजना गरि र्यालीमा  प्रथम,द्वितीय र तृतीयलाई नगद र प्रमाणपत्रले सम्मान गरेको छ । र्यालीमा प्रथम हुन सेन्ट कपिटानियो विद्यालयलाई रूपैयाँ १० हजार र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै र्यालीमा  साहारा कला केन्द्र द्वितिय भएको छ । जस्ले रूपैयाँ  ५ हजार र प्रमाणपत्र प्राप्त गरेको छ । भने तृतीयमा मोहन कन्या माध्यमिक विद्यालय भएको छ । जस्लाई रूपैयाँ ३ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको मन्दिरका सचिव प्रकाश नाथ गंगोलले जानकारी दिनुभयो । जात्रा र्याली व्यवस्थापन तथा अनुगमन समितिको निर्णय अनुसार प्रथम,द्वितीय र तृतीयलाई पुस्कार प्रदान गरिएको बताउनुभयो ।

 

कार्यक्रममा श्री ७ रणउजिरेश्वरी भगवती गुठी समिति तानसेन पाल्पाका अध्यक्ष अशोक महर्जनले यो बर्ष देखि र्यालीमा सहभागीहरूलाई थप उत्प्रेरणा प्रदान गर्ने हेतुले पुस्कारको शुरूवात गरिएको बताउनुभयो । भगवती जात्रा राष्ट्रियता,विरता ,धिरता र रणकौशलको इतिहास जोडिएको जात्रा रहेको र यो समग्र देशवासी कै गौरबको गाथा जोडिएको  रथयात्रा रहेको बताउनुभयो । र्यालीमा सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै आगामी बर्षको रथयात्रालाई थप व्यवस्थित गरि अगाडि बढाउने बताउनुभयो । रथयात्रामा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिले यसपटकको रथयात्रा थप आकर्षण बनेको बताउनुभयो । 

 

तत्कालीन कर्णेल उजीरसिंह थापाले जीतगढी बुटवल क्षेत्रलाई अंग्रेजबाट जोगाएको सम्झनामा यो रथयात्रा निकालिन्छ । थापाले युद्धमा विजयी भएमा मन्दिर बनाई खटयात्रा निकाल्ने परम्परा सुरु गरेका हुन् । वि।सं। १८७२ वैशाख ७ गते दोस्रो पटकको युद्धमा विजयी भएका हुन् । तत्कालीन प्रशासनिक केन्द्र तानसेनमा १८७२ देखि १८७६ सम्म मन्दिर निर्माण गरेका हुन् । युद्धमा जानुअघि उजिरसिंहले भाकल गरेको र युद्ध जितेको विश्वासमा तीनतले भव्य मन्दिर बनाएका हुन् । उनै थापाले १८७७ भाद्र कृष्णनवमीका दिनदेखि भगवतीको रथयात्रा सुरु गरको इतिहास छ । काठमाडौको जात्राबाट प्रभावित थापाले पाल्पामा पनि भगवतीको रथयात्रा गराएको बताइन्छ । तत्कालीन कर्णेल थापाको नेतृत्वमा लडाइँमा गएको फौजले वि।सं। १८७२ वैशाक ७ गते नुवाकोट–जितगढी युद्ध जितेको हो ।

Comments