स्वयु त्रिभुवन बहुमुखी क्याम्पस तानसेनले नव बर्षकाे अवसरमा शुभकामना आदान,प्रदान कार्यक्रम सम्पन्न

पाल्पा-स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पाले नव बर्ष २०८१ काे शुभकामना अादान प्रदान,स्वागत,सम्मान तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । पश्चिम नेपालकै शैक्षिक धराेहरका रूपमा रहेको त्रिभुवन बहुमुखी क्याम्पसमा अध्ययन गर्न अाएका नव विद्यार्थीहरूलाई स्वागत एवम विदाई भई जान लागेका विद्यार्थीहरूलाई स्वयुले विदाई गरेको हाे ।

 

कार्यक्रममा प्रमुख अतिथि त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पाका कार्यवाहक क्याम्पस प्रमुख श्रीचन्द्र शाक्यले गमलामा पानी राखी कार्यक्रमकाे उद्घाटन गर्नु भएको थियाे ।  कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका कार्यवाहक क्याम्पस प्रमुख शाक्यले स्वयुले क्याम्पसमा विद्यार्थीहरूबिच एक आपसमा भाइचाराकाे सम्बन्ध स्थापित गर्न सकारात्मक र रचनात्मक कृयाकलाप गरेकोमा खुशी व्यक्त गरे । यस्ता कृयाकलापले विद्यार्थीहरूमा रहेको अन्तरनिहित क्षमताकाे प्रस्फुटन गर्न सहयोग गर्ने बताए । यस्ता सकारात्मक र रचनात्मक कृयाकलाप सञ्चालन गर्न स्वयुलाई क्याम्पसले गर्नुपर्ने सहयोग गर्ने बताए । 

 

कार्यक्रमका बिशिस्ट अतिथि तानसेन नगरपालिकाका प्रवक्ता यादब सिङ कार्कीले विद्यार्थीहरूले रचनात्मक तरिकाले आफनाे अध्यययन गरि लक्ष्यमा पुग्न शुभकामना व्यक्त गरे । साथै नगरपालिकाकाे तर्फबाट समग्र क्याम्पस र स्वयुलाई गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरे । 

 

कार्यक्रममा नेपाल विद्यार्थी संघका ईकाइ सभापति पुण्य प्रसाद सुवेदी,अनेरास्ववियुकाे तर्फ सुमन पाेखरेल,अखिल क्रान्तिकारीकाे तर्फबाट विज्ञान दुधराज,अनेरास्ववियूकाे तर्फबाट उमेश भण्डारीले मन्तव्य राखेका थिए ।

 

कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पसका स्वयु सभापति कृष्ण अर्यालले स्वयूकाे आगमन भएसँगै विद्यार्थीहरूकाे हक हित र अधिकारका लागि काम गर्दै आएकाे बताए । क्याम्पसमा स्वयुले विद्यार्थीहरूलाई सकारात्मक र रचनात्मक कृयाकलापकाे माध्यमबाट व्यक्तित्व र नेतृत्व विकासमा टेवा पुर्याउने किसिमका कार्यक्रम सञ्चालन गरिरहेकाे बताए । हाल स्वयु र त्रिभुवन बहुमुखी क्याम्पस प्रशासनकाे संयुक्त पहलमा विद्यार्थीहरूकाे सख्यामा समेत वृद्धि भइरहेको बताए । 

 

कार्यक्रमकाे स्वागत मन्तव्य स्वयुका उपसभापति अमृत भट्टराईकाे स्वागत र स्वयु सचिव तारा बहादुर रायमाझीकाे सञ्चालनमा सम्पन्न भएको थियाे । कार्यक्रमकाे बिचबिचका सास्कृतिक कार्यक्रम राखिएको थियाे ।

Comments