स्व.वि.यु कप २०८१ उपाधी बि बि एलाई

पाल्पा-त्रिभुवन बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन तानसेन पाल्पाकाे आयाेजनामा भएको स्व वि यु कप २०८१ काे उपाधी बि बि एले हात पारेको छ । असार १६ गतेबाट शुरू भएको स्व वि यु कप असार २१ गते समापन भएको छ । विद्यार्थीहरूमा अन्तरनिहित रहेकाे क्षमतालाई प्रस्फुटन गर्ने उधेश्यले सञ्चालन गरिएको स्व वि यु कप २०८१ मा १२ वटा विधामा रहेर प्रतियाेगिता आयाेजना गरिएको थियाे ।

 

समापन कार्यक्रमकाे उद्घाटन त्रिभुवन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टंक प्रसाद भट्टराईले गमलामा पानी राखी गरेका हुन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका क्याम्पस प्रमुख भट्टराईले स्व वि युले प्रतियाेगिता आयाेजना गरि उदाहरणीय कार्य गरेको बताए । यस्ता प्रतियाेगिताले विद्यार्थीहरूमा रहेका अन्तरनिहित क्षमताकाे प्रस्फुटन गर्न सहयोग पुग्ने बताए । पछिल्लो समयमा क्याम्पसमा विद्यार्थीहरूकाे सख्यामा वृद्धि भइरहेको बताए । त्रिभुवन बहुमुखी क्याम्पस पश्चिमी नेपालकै शैक्षिक धराेहर हाे । यस क्याम्पसबाट उत्पादित विद्यार्थीहरू अहिले देशका महाेत्वपुर्ण स्थानमा पुगी काम गरिरहेकाे बताए । 

 

त्रिभुवन बहुमुखी क्याम्पसमा  अध्ययन गर्ने विद्यार्थीहरू पठनपाठन,खेलकुद लगाएत हरेक क्षेत्रमा उत्कृष्टता छन भन्ने उदाहरण स्व यु कपले देखाएको बताए । क्याम्पसमा सर्वदलीय राजनीति दलहरूकाे सहमतिमा स्व वि युकाे कमिटी निर्माण भएको उक्त कमिटीले उदाहरणीय काम गरेकोमा प्रशंसा गरे । 

 

कार्यक्रममा विद्यार्थी कल्याण प्रमुख पुष्कर आर्चायले स्व वि युले विद्यार्थीहरूकाे हक हित अधिकारका लागि निरन्तर काम गरिरहेकाे बताए । विद्यार्थीकाे सर्बागिण विकासका लागि अध्ययनकाे साथ साथै अतिरिक्त क्रियाकलापकाे पनि आवश्यकता पर्ने हुदा स्व वि युले कार्यक्रम गरेकोमा खुशी व्यक्त गरे । आगामी दिनमा स्व वि युले रचनात्मक र सिर्जनात्मक क्रियाकलाप सञ्चालन गर्न थप उर्जा मिलाेस भनी शुभेच्छा व्यक्त गरे ।

 

कार्यक्रममा क्याम्पसका पुर्व स्व वि यु सभापति हरिबाेल भट्टराईले स्व वि युले विद्यार्थीहरूकाे क्षमता पहिचान गर्न गरेको कार्यक्रम प्रशंसानिय रहेको  बताए । त्रिभुवन बहुमुखी क्याम्पस ऐतिहासिक क्याम्पस हाे । क्याम्पसमा पाल्पा जिल्ला लगाएत धेरै स्थानबाट अध्ययन गर्न विद्यार्थीहरू आउने गर्दछन । विद्यार्थीहरूलाई अध्ययन क्रममा समस्या परेमा त्यस्काे सहज रूपमा निवाकरण गर्न स्व वि युले सकृय भुमिका खेल्न सुझाव दिए ।

 

प्रतियाेगितामा भलिबल,फुटबल,क्रिकेट,कवडी,टेबल टेनिस,चेस,ब्याडमिन्टन,डाेरी तान्ने,दाैड १०० मि,३ किमि प्रतियाेगिता,सट पुट,ज्यावलिङ्ग थ्राे खेल भएको थियाे । प्रतियाेगितामा बिबिए,बि एड,बि बि एस,बि एसी,मास्टर लेवका विद्यार्थीकाे सहभागीता रहेकाे खेल संयाेजक उमेश भण्डारीले बताए । प्रतियाेगितामा बि बि ए तहले ११ वटा स्वर्ण र ६ वटा कास्य सहित प्रथम उपाधी हात पारेको छ । 

 

कार्यक्रममा स्व वि यु सभापति कृष्ण अर्याल विद्यार्थीहरूकाे क्षमता प्रस्फुटन गर्न प्रतियाेगिता आयाेजना गरेको बताए । आगामी दिनमा विद्यार्थीहरूलाई अध्ययनकाे साथ साथै अतिरिक्त क्रियाकलापमा सहभागी बनाउनका लागि यस्तै सकारात्मक र रचनात्मक प्रतियाेगिता स्व वि युले सञ्चालन गर्ने बताए । स्व वि यु त्रिभुवन बहुमुखी क्याम्पस विद्यार्थीहरूकाे हक हित र अधिकारकाे लागि स्थापित भएको हुदाँ विद्यार्थीहरूकाे सर्वाणगिर विकासका लागि तयार रहेको बताए । कार्यक्रममा सहायक क्याम्पस प्रमुख,प्राध्यापक,विद्यार्थीहरूकाे उपस्थिति रहेको थियाे । कार्यक्रमकाे सञ्चालन स्व वि यु सचिव तारा बहादुर रायमाझीकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।

Comments