सिवाइसी नेपाल लघुवित्त रामपुर शाखाद्वारा स्व हरिकाला श्रेष्ठको परिवालाइ कर्जा मिन्हा

पाल्पा, सिवाइसी नेपाल लघुवित्त वित्तिय संस्था शाखा कार्यालय रामपुर पाल्पाले आफ्ना सदस्यको मुत्युमा कर्जा मिन्हा गरेको छ । रामपुर नगरपालिका ६ बिजयपुर(गैटार) बस्ने स्व हरिकाला श्रेष्ठको परिवारलाई काजकृया खर्च सहित कर्जा मिन्हा गरेको हो ।

 

हरिकालाको केही समय अघि अल्पायु मै निधन भएको थियो । संस्थाले एक कार्यक्रम मार्फत  समवेदना ज्ञापन गर्दै कर्जा मिन्हा गरेको हो । सिवाइसी नेपाल लघुवित्त वित्तिय संस्थाका शाखा कार्यालय कार्यालयको रामपुरको प्रमुख दिपक खत्री, रामपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दिवाकर देवकोटा ,सोइ वडा को वडा सदस्य हरिनाथ ढुंगाना संस्थाको रामपुर शाखाको कर्मचारी  मन्दिरा परियार,निर्मल बहादुर बुढा तथा समाज को लब्ध प्रतिष्ठित ब्यात्ती,समुह सहितको उपस्थितिमा परिवारलाई कृया खर्च तथा कर्जा मिन्हा गरिएको हो । संस्थाको सदस्य सुबिधा नियमावली तथा सामाजिक उत्तरदायीत्व अन्तर्गत स्व हरिकालाको परिवारलाई चेक मार्फत  २५ हजार कृया खर्च र २ लाख रुपैया कर्जा  वडा अध्यक्ष दिवाकर देवकोटा मार्फत चेक हस्तान्तरण गरिएको थियो ।

 

चेक हस्तान्तरण गर्दै वडा अध्यक्ष देवाकोटाले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको कार्य प्रशंसनिय रहेको बताउनुभयो । उहाँले अप्ठ्यारो परेको समयमा सहयोग गर्नु हामी सबैको दायित्व रहेको बताउनुभयो । संस्थाको प्रगतिको कामना गर्दै उहाँले नीति नियममा रहेर अघि बढ्न अनुरोध गर्नुभयो ।

 

रामपुर शाखा प्रमुख दिपक खत्रीले स्वर्गीय हरिकाला श्रेष्ठको आत्मा शान्तिको कामना गर्दै लघुबित्त कर्जा तथा बचतको कारोबारमा मात्र नभै सदस्यको सुख, दुःखमा समेत साथमा रहेको बताउनुभयो । उहाँले संस्थामा आवद्ध सदस्यमा आर्थिक अवस्था कमजोर भै बिचमै अध्ययन छाड्नु पर्ने अवस्था आएमा सिवाइसी छात्रवृत्ति योजना पनि सञ्चालन गरेको , सिवाइसी समृद्धि बचत योजाना वार्सिक ११% ब्याज दर सस्थामा आबद्ध सदस्य जीवन तथा दुर्घटना बिमा,बाल बचत,समाज मा सिवाइसी जस्ता सस्थाको  सेवा बारे समेत छोटो जानकारी दिनुभयो ।

Comments