स्व वि यु त्रिभुवन बहुमुखी क्याम्पसकाे आयाेजनामा बिदाइ तथा सांस्कृतिक कार्यक्रम

पाल्पा-स्वतन्त्र विद्यार्थी युनियन, त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाको आयोजनामा बिदाइ तथा सांस्कृतिक कार्यक्रम २०८२ सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथिका रुपमा क्याम्पस प्रमुख आदरणीय डा. टंक प्रसाद पन्थले बिदाइ हुन लाग्नुभएको विद्यार्थीहरूलाई  हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना दिन व्यक्त गर्दै विद्यार्थीहरूले क्याम्पसमा आर्जन गर्नुभएको ज्ञान, सीप र अनुभव अब जीवनको नयाँ यात्रामा उपयोगी हुनेछ भन्नेमा विश्वस्त रहेको बताउनुभयो । स्वतन्त्र विद्यार्थी युनियनद्वारा आयोजना गरिएको यस कार्यक्रमले विद्यार्थीहरूको सिर्जनात्मकता, नेतृत्व क्षमता र साङ्गठानिक योग्यता उजागर गरेको बताउनुभयो । यस्ता कार्यक्रमहरूले शिक्षालयमा सकारात्मक ऊर्जा भरिदिन्छन् र सहकार्यको भावना अभिवृद्धि गर्ने बताउनुभयाे । 

 

बिशिस्ट अतिथिका निवर्तमान क्याम्पस प्रमुख टंक प्रसाद भट्टराईले विद्यार्थी जीवन अविस्मरणीय हुने बताउँदै त्रिभुवन क्याम्पससँगको आफ्नो अनुभव आत्मीय र गौरवपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले बिदाइ कार्यक्रमले शिक्षार्थीमा नयाँ ऊर्जा भरिदिने विश्वास व्यक्त गर्नुभयो । क्याम्पसको शैक्षिक तथा सांस्कृतिक प्रगति प्रशंसनीय रहेको भन्दै निरन्तरता आवश्यक रहेको धारणा राख्नुभयो । विद्यार्थीहरूको मेहनत, अनुशासन र समर्पणले संस्थाको पहिचान झन मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । 

 

कार्यक्रममा पूर्व स्ववियु सभापति हरिबोल भट्टराई र निवर्तमान सभापति कृष्ण अर्यालले आफ्नो कार्यकालको अनुभव साझा गर्दै सबै विद्यार्थी, शिक्षक, तथा प्रशासनको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँले स्ववियुले विद्यार्थी हितका मुद्दा उठाउने, समाधान खोज्ने र क्याम्पसमा अनुशासित नेतृत्व विकास गर्ने भूमिकामा सधैं क्रियाशील रहनुपर्ने धारणा राख्नुभयो । कार्यक्रमले नयाँ पुस्तामा नेतृत्व विकासको सन्देश दिएको बताउँदै  उत्तरदायी र सचेत विद्यार्थी राजनीति आवश्यक रहेकोमा जोड दिनुभयो । 

 

कार्यक्रममा अतिथिहरू क्याम्पस कार्यसमिति सदस्यहरु, सहायक क्याम्पस प्रमुखहरु सन्तोष खनालफ ,श्रीचन्द्र शाक्य , चन्द्र बहादुर थापा ,विद्यार्थी कल्याण प्रमुख पुष्कर आर्चाय,बि.बि.ए तथा बि.बि.एम निर्देशक, प्राध्यापक संघ अध्यक्ष खिम बहादुर राना,कर्मचारी संघ अध्यक्ष ढुकल ढकाल बैचारिक संघसंठनका प्रतिनिधिहरु,विद्यार्थी संघसंगठनका प्रतिनिधिहरु, प्राध्यापकहरु र कर्मचारीहरुकाे उपस्थिति रहेको थियाे । कार्यक्रमको मुख्य आकर्षकको रुपमा गायक कमल भट्टराई, रुपेश कार्की र पवन बश्याल रहनु भएको स्व वि यु सचिव सुशील बस्यालले बताउनुभयो । विद्यार्थीहरू मायाकाे चिनाे खादा,टीका सहित १०० जना स्व वि यु सचिव बस्यालले जानकारी दिनुभयाे । कार्यक्रमको अध्यक्षता स्ववियु अध्यक्ष मिलन घर्ती मगर, स्वागत मन्तव्य स्ववियु उपाध्यक्ष सन्तोष सुनारले गर्नुभएको थियाे ।

 

Comments