सिद्धेश्वरमा रहेको बेद बेदाङ्ग तथा साधारण मा.वि.को ५७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न!
रमेश राना,
पाल्पा:- जिल्लाको रैनादेवी छहरा वडा नं.-१, सिद्धेश्वरमा रहेको वेद बेदाङ्ग तथा साधारण संस्कृत मा.विको ५७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव ज्ञवालीको अध्यक्षताबाट संचालन भएको कार्यक्रमको प्रमुख अतिथि रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मांगत भट्टराई रहनुभएको थियो। भने विशिष्ट अतिथिहरुमा रैनादेवी छहरा गाउँपालिका वडा नं.-१, सिद्धेश्वरका वडा अध्यक्ष सोम बहादुर दर्लामी, रैनादेवी छहरा गाउँपालिका शिक्षक महासंघ अध्यक्ष तुलाराम गरम्जा रहनुभएको थियो भने अतिथिहरुमा क्रमशः वडा सदस्य गुन बहादुर सन्मानी, कमला नेपाली, लक्ष्मी कुमाल, नेकपा माओवादी वडा कमिटी अध्यक्ष ऋषिराम बुढा, नेकपा एमाले वडा समिति अध्यक्ष ओम बहादुर दर्लामी, वेद बेदाङ्ग तथा साधारण संस्कृत मा.विका प्र.अ. माधव ज्ञवाली, चन्दादाता दिर्घराज नारायण आर्चाय , सिद्धेश्वर स्वास्थ्य चौकी प्रमुख गिता बुढाथोकी, पूर्व प्र. अ. भरतराज खनाल, पूर्व शिक्षक जानका खनाल, युवलाल कुमाल, मग्रान देवी प्रा.वि. सिद्धेश्वरका प्र.अ. रमेश राना, सिद्धेश्वर महादेव प्रा. वि.का प्र.अ. लेखनाथ ज्ञवाली, पूर्व विद्यार्थी कामना पाण्डे, समाजसेवी, वुद्धिजिवी तथा पूर्व वि.व्य.स अध्यक्ष शिव न्यौपाने, नन्दलाल गैरे, कृष्ण गैरे लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष भट्टराईले हरेक विद्यालयमा पुग्ने मुख्य नजर भनेकै त्यस विद्यालयको शैक्षिक उपलब्धि रहेकोले पहिलो प्राथमिकताको रुप शैक्षिक उपलब्धिलाई दिनुपर्ने बताउनुभयो; विद्यालयमा एकल पक्षको कार्यले मात्र शैक्षिक गुणस्तर प्राप्त गर्न नसकिने भएकोले गुणस्तर प्राप्तिको लागि शिक्षक, विद्यार्थी र अभिभावकहरुको त्रिकोणात्मक सम्बन्ध सुमधुर हुनुपर्ने बताउनुभयो, आफू सिङ्गो गाउँपालिकाको अध्यक्ष को हैसियतले पनि यस विद्यालयलाई अहिले शौचालय निर्माणको लागि पनि बजेट छुट्याइएको बताउनुभयो, गाउँपालिकाबाट यस विद्यालयलाई हरेक पक्षमा आवश्यकताको पहिचान गरि यहाँका जनप्रतिनिधिहरुको रोहवरमा बजेट विनियोजन गर्ने समेत बताउनुभयो ।
विशिष्ट अतिथि गाउँपालिका शिक्षक महासंघका अध्यक्ष गरम्जाले आफू यस विद्यालयको पूर्व विद्यार्थी भएकोले विद्यालयको हरेक उन्नति-प्रगतिको लागि निरन्तर लागि परेको र कक्षा १२ संचालनको लागि अगुवाइ गरि १२ कक्षा संचालन गर्न सक्षम भएको बताउनुभयो, गरम्जाले निकट समयमै स्नातक तहसम्मको अध्ययन,अध्यापन पनि यहीँ विद्यालयमा संचालन गराउनको निम्ति सबै पक्ष लाग्नुपर्ने बताउनुभयो । अधिकांश वक्ताहरूले विद्यालयको उन्नति-प्रगतिको शुभकामना मन्तव्य राखेका थिए ।
विद्यालयका शिक्षक लेखनाथ ज्ञवालीको स्वागत मन्तव्यबाट सुचारु भएको कार्यक्रममा मार्चपास, विद्यार्थी-शिक्षकहरुको उत्कृष्ट सन्देशमुलक अभिनय सहितको नृत्य प्रस्तुत गरिएको थियो। भने अभिभावकहरुको पनि बाक्लो उपस्थिति रहेको थियो।भने उक्त कार्यक्रमको संचालन शिक्षक द्वय नारन सारु र मान बहादुर बगालेले गर्नुभएको थियो ।








































Comments