सिद्धेश्वरको बेद बेदाङ्ग तथा साधारण संस्कृत मा.विले मनायो; ५६ औं वार्षिकोत्सब!

रमेश राना,पाल्पा:- जिल्लाको रैनादेवी छहरा वडा नं.-१, सिद्धेश्वरमा रहेको पश्चिम पाल्पाको इतिहास बोकेको वेद बेदाङ्ग तथा साधारण संस्कृत मा.विको ५६ औं वार्षिकोत्सब तथा अभिभावक दिवस आइतबार सम्पन्न भएको छ ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन ज्ञवालीको अध्यक्षताबाट संचालन भएको कार्यक्रमको प्रमुख अतिथि रैनादेवी छहरा गाउँपालिकाको सामाजिक विकास संयोजक हुमान सिं कार्की रहनुभएको थियो । भने विशिष्ट अतिथिहरुमा रैनादेवी छहरा गाउँपालिका शिक्षा शाखा प्रमुख निशा पाण्डे, वडा नं.-१, सिद्धेश्वरका वडा अध्यक्ष सोम बहादुर दर्लामी, रैनादेवी छहरा गाउँपालिका शिक्षक महासंघ अध्यक्ष तुलाराम गरम्जा रहनुभएको थियो भने अतिथिहरुमा क्रमशः वडा सदस्य गुन बहादुर सन्मानी, नेकपा माओवादी वडा कमिटी अध्यक्ष ऋषिराम बुढा, नेकपा एमाले वडा समिति अध्यक्ष ओम बहादुर दर्लामी, नेपाली काङ्ग्रेस वडा समिति सचिव विश्वराज पन्त, वेद बेदाङ्ग तथा साधारण संस्कृत मा.विका प्र.अ. भरतराज खनाल, मग्रान देवी प्रा.वि. सिद्धेश्वरका प्र.अ. रमेश राना, समाजसेवी, वुद्धिजिवी तथा पूर्व वि.व्य.स अध्यक्ष शिव न्यौपाने लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु रहेका थिए ।

 

कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका सामाजिक विकास संयोजक कार्कीले विद्यालयमा एकल पक्षको कार्यले मात्र शैक्षिक गुणस्तर प्राप्त गर्न नसकिने भएकोले गुणस्तर प्राप्तिको लागि शिक्षक, विद्यार्थी र अभिभावकहरुको त्रिकोणात्मक सम्बन्ध सुमधुर हुनुपर्ने बताउनुभयो, कार्कीले गाउँपालिकाबाट यस विद्यालयलाई हरेक पक्षमा आवश्यकताको पहिचान गरि यहाँका जनप्रतिनिधिहरुको रोहवरमा बजेट विनियोजन गर्ने समेत बताउनुभयो ।

 

विशिष्ट अतिथि गाउँपालिका शिक्षा शाखा प्रमुख पाण्डेले हरेक विद्यालयमा पुग्ने मुख्य नजर भनेकै त्यस विद्यालयको शैक्षिक उपलब्धिमा रहेकोले पहिलो प्राथमिकताको रुप शैक्षिक उपलब्धिलाई दिनुपर्ने बताउनुभयो; प्रमुख पाण्डेले गाउँपालिका स्तरीय हुने कक्षा आठको परीक्षामा उत्कृष्ट हुने विद्यालय,विद्यार्थी र शिक्षक लगायतलाई पुरस्कृत गरिने हुँदा यो विद्यालयले पनि उच्च ग्रेड ल्याउनको लागि सबै पक्ष लाग्नुपर्ने सल्लाह समेत दिनुभयो। पाण्डेले विद्यालयको लागि गर्नुपर्ने सरसहयोगमा गाउँपालिकाको शिक्षा शाखाबाट कुनै कन्जुस्याइँ नगर्ने पनि बताउनुभयो । भने विशिष्ट अतिथि वडा नं.-१ का वडा अध्यक्ष दर्लामीले आफू सोही वडाको जनप्रतिनिधिको रुपमा निर्वाचित भएसँगै पहिलेको बेद बेदाङ्ग र अहिलेको बेद बेदाङ्गमा आफैं छुट्याउन सकिने बताउनुभयो। पहिलेकोमा जीर्ण भौतिक अवस्था, खेलमैदानदेखि लिएर अधिकांश पक्षमा सुधार ल्याएको समेत बताउनुभयो। जीर्ण रहेको काठेपोलको भलिबल ग्राउन्डको लागि निकट समयमै फलामे पोल आउँने समेत बताउनुभयो ।

 

यस्तै विशिष्ट अतिथि गाउँपालिका शिक्षक महासंघका अध्यक्ष गरम्जाले पश्चिम पाल्पाको इतिहास बोकेको विद्यालय; सिद्धेश्वर क्षेत्रको मुख्य गहनाको रुपमा परिचित रहेको; यसमा हाल ४-१२ सम्म संचालन रहेकोले अब निकट समयमै उच्च शिक्षा ( ब्याचलर ) पढ्ने  वातावरण पनि यहीँ विद्यालयमा मिलाउनु पर्ने आवश्यकता देखिएकोले यसको लागी सम्बन्धित निकायसम्म पहल गर्न सबै पक्ष लाग्नुपर्ने अनुरोध समेत गर्नुभयो । यस्तै अन्य वक्ताहरुले समेत यस विद्यालयको उत्तरोत्तर प्रगति सहितको शुभकामना मन्तव्य राखेका थिए ।

 

कार्यक्रममा शिक्षक नारायण सारुको नेतृत्वमा विद्यार्थीहरुले सांस्कृतिक नृत्य, गायन र म्युजिकल पि.टी. प्रस्तुत गरि कार्यक्रमलाई थप रौनक बनाइएको थियो । भने विद्यालयका प्रधानाध्यापक खनालले विद्यालयको समग्र गतिविधि समेटिएको वार्षिक प्रतिवेदनमा आ.व.२०७९/८० मा १ करोड ५५ लाख बराबरको आयव्यय समेत प्रस्तुत गर्नुभएको थियो । विद्यालयका शिक्षक घन बहादुर बुढाको स्वागत मन्तव्यबाट सुचारु भएको कार्यक्रममा अभिभावक, समाजसेवी, बुद्धिजीवी, विद्यार्थी र शिक्षक लगायतको उल्लेख्य सहभागी रहेको थियो । भने कार्यक्रमको संचालन शिक्षकद्व्य मान बहादुर बगाले र युवलाल कुमालले गर्नुभएको थियो ।

Comments