सिद्धेश्वर जिप दुर्घटना : घाइतेहरूको अवस्था बुझ्न श्रेष्ठ र भट्टराई अस्पतालमा
पाल्पा — पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१, सिद्धेश्वरमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा रैनादेवी छहरा–१, असारेका २३ वर्षीय जनक रेगामी मगर, ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विक रहेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका सोही स्थानका २३ वर्षीय सरोज बुढाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ भने २७ वर्षीय जिप चालक रन्जन रेश्मीकाे लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
गएराति करिब १० बजेतिर असारेस्थित भित्री सडकखण्डमा लु १ ज २३७७ नम्बरको जिप दुर्घटनामा परेको हो । सडकबाट झन्डै दुई सय मिटर तल खसेको जिपमा सवार तीन जनाको अस्पताल ल्याइएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनापछि नेपाली कांग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठ र रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रूक्मागत भट्टराईले अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनीहरूले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनसँग समन्वय गरेका छन् । नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षक कमल प्रधानसँग कुराकनी गर्दै घटनाकाे बारेमा जानकारी लिनु भएको थियाे । साथै बिरामीहरूकाे सिग्र स्वास्थ्य लाभकाे कामना गर्नु भएको छ ।








































Comments