सिद्धार्थ राजमार्गलाई डवल डेडिकेटेड सडक बनाउन पहिलो प्राथमिकतामा राख्छु । :मन्त्री गुरूङ्ग
पाल्पा , कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सिद्धार्थ राजमार्गलाई डवल डेडिकेटेड सडक बनाउन पहिलो प्राथमिकतामा राख्ने बताउनुभएको छ । शनिबार पाल्पाको तानसेनमा प्रथम तानसेन महोत्सवको उद्घाटन गर्दै उहाले पाल्पा, स्याङ्जा क्षेत्रमा पर्यटन विकासका लागि बुटवलदेखी पोखरासम्मको सिद्धार्थ राजमार्गलाई डवल डेडिकेटेड सडक निर्माणको लागि आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयाे । राजनीति दलहरू अब विकासमा सहमति सहकार्य र एकताकाे भावनाले एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । राजनितिक दलका नेताहरु नेपालको विकास निर्माण, गरीवी न्युनिकरण, भ्रष्टचारको अन्त्यका लागि साझाा धारण बनाएर काम गर्नुपर्नेमा एक अर्कालाई गाली गलौज गर्ने, सत्तोसराप गर्ने, एकले अर्कालाई खुल्याउने प्रवृत्ति हावी भएकोमा सबै नेताहरु सुध्रिनु पर्नेमा मन्त्री गुरुङले जोड दिनुभयाे । भ्रष्टचार अन्त्यका लागि वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन हुने बताउनुभयाे ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य ठाकुर प्रसाद गैरे, राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरे, संविधानसभा सदस्य लिला सोमै, प्रदेश सांसद वीरबहादुर राना , जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, नेपाली काँग्रेसका पाल्पाका सभापती हिमालदत्त श्रेष्ठ, नेकपा माओवादी केन्द्रका संयोजक राजेन्द्र वि.क.,राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष सुमन गैरे, राप्रपाका अध्यक्ष डुलबहादुर कुवँर, नेकपा एकिकृत समाजवादीका कार्यवाहक अध्यक्ष मोहन गैरे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, नेकपा मालेका जिल्ला अध्यक्ष धनराज पौडेल र नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा लगायतले तानसेन नगरपालिकाले नारामा लेखिए अनुसारको काम महोत्सवमा गर्नुपर्नेमा जोड दिएका थिए । तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले महोत्सवको बारेमा जानकारी दिदै तानसेनको विकास निर्माणको लागि महोत्सव प्रभावकारी हुने विश्वास व्यक्त गरे । उप–प्रमुख प्रतिक्षा गाहा सिंजालीको धन्यवाद ज्ञापन र नगरपालिका प्रवक्ता यादव सिंह कार्कीको सञ्चालनमा उद्घाटन कार्यक्रम भएको थियो । महोत्सवमा करीव ७० वटा झाकी र्याली निकालिएको थियो ।
जसमा भुसालडाँडा माध्यमिक विधालयल प्रथम, सेन्ट कपितानियो स्कुल द्धितिय र पाल्पा आवासीय माध्यमिक विधद्यालय तृतिय भए । ४ नं टोल विकास संस्था, धर्मोदय दशौंअवसार, साहारा कला केन्द्र, बर्तुङ्ग मगर भेजा, र जनता माविले सान्तवना पुरस्कार पाए । प्रथम, द्धितिय, तृतिय र सान्तवना हुनेहरुलाई क्रमस नगद ५०हजार, ३० हजार, २० हजार र पाँच पाँच हजार पुरस्कार प्रदान गरिएको थियो । तानसेन महोत्सवमा ३ सय वटा स्टल रहेका छन् भने ३ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिएको व्यापार मेलामा १० करोड भन्दा बढीको कारोवार हुने अपेक्षा गरिएको छ । महोत्सव फागुन २९ गते सम्म चल्ने छ ।








































Comments