सदस्यता वितरणसँगसँगै प्रशिक्षण कार्यक्रमलाई तिव्रता दिदै नेपाली काङ्ग्रेस पाल्पा

पाल्पा-नेपाली काङ्ग्रेस पाल्पाले सदस्यहरूकाे सदस्यता कार्ड वितरणलाई तिव्रता दिएकाे छ । काङ्ग्रेस पाल्पाले ८१ वटै वडाका क्रियाशिल तथा साधारण सदस्यहरूलाई काड वितरण गरिने अभियान अन्तर्गत सदस्यता वितरणलाई तिव्रता दिएकाे जनाएको छ । काङ्ग्रेस पाल्पाले सदस्यता वितरणसँगै पाटीका कार्यकर्तालाई प्रशिक्षण पनि दिएको छ ।

 

नेपाली काङ्ग्रेस पाल्पाका प्रवक्ता शाेभाकर न्याैपानेका अनुसार काङ्ग्रेस पाल्पाले ८१ वटा वडाका  करिब ८ हजार ५ सय जना कृयाशिल सदस्यहरूलाई सदस्यता काड वितरण गरिने बताएका छन । रामपुर नगरपालिका वडा न १० मा भएको प्रशिक्षण कार्यक्रम एवम सदस्यता वितरण कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले  नेपाली कांग्रेस पार्टी जनताको सुख दुखमा साथ दिने पार्टी भएको बताए  । कांग्रेस मिसन ८४ मात्र लिएर हिड्ने पाटी नभई गरिब जनताको लागि सधै मिसन बनाएर हिड्ने भएकाले गरिबको घरमा दुख पर्दा कांग्रेसलाई सम्झिन समेत आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सभापती श्रेष्ठले आत्म केन्द्रित राजनितीले पार्टी समाप्त हुने भन्दै संगठनिक संरचना बलियो बनाएर अगाडी बढ्नु पर्ने धारणा राखे । सभापति श्रेष्ठले नेपाली काङ्ग्रेसका जिम्मेवार साथीहरूले आफ्नो पदिय दायित्व अनुसार कार्य गर्नुपर्ने बताए । प्रशिक्षण कार्यक्रममा सहभागीहरूलाई सभापति श्रेष्ठ पाटीमा कर्म गरे पछि एक दिन सबैको पालो आउने बताउदै ,अहिले कर्म गर्ने बेला भएको धारणा राखे ।

 

कार्यक्रममा प्रदेश सदस्य कृष्ण प्रसाद अधिकारी, जिल्ला उपसभापति ज्ञान बहादुर गाहा,क्षेत्रिय सभापति झमन राज मगर ,नगर सभापति नेत्र प्रसाद भट्टराई,नेपाली काङ्ग्रेस पाल्पाका संगठन विभाग उप प्रमुख हुमनाथ न्याैपाने लगाएतकाे उपस्थिति रहेको थियाे । कार्यक्रमकाे बारेमा जानकारी ‌‌ज्ञान प्रसाद भण्डारीले गराएका थिए । कार्यक्रमकाे संचालन वडा सहसचिव उपेन्द्र अधिकारकाे सञ्चालन र वडाका का. बा. सभापति टेक नाथ चापागाईंकाे सभापतित्वमा सम्पन्न भएको थियाे ।

Comments