सीता माध्यमिक विद्यालय बगनासकाली -६, यम्घा पाल्पाकाे ६४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
पाल्पा- सीता माध्यमिक विद्यालय बगनासकाली -६, यम्घा पाल्पाकाे ६४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
कार्यक्रमकाे समुद्घाटन बगनासकाली गाउँपालिका वडा नं ६ वडा अध्यक्ष लक्ष्मी प्रसाद अधिकारीले गर्नुभएको हाे । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका वडा अध्यक्ष अधिकारीले विद्यालयकाे शैक्षिक गुणस्तर वृद्धिका शिक्षक,अभिभावक र विद्यार्थीहरू बिच त्रिकोणात्म सम्बन्ध हुनुपर्ने बताउनुभयाे । विद्यालयकाे समग्र विकासका लागि वडा सरकार गर्नुपर्ने सहयोग गर्दै आएकाे बताउदै थप गर्नुपर्ने सहयोग गर्न वडा सरकार तयार रहेको बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति पूर्व अध्यक्ष तथा सल्लाहकार समिति संयोजक सामाजिक व्यक्तित्व जयराम बस्याल, पुर्व वि. व्य.स. सदस्यहरु दिननाथ बस्याल,सुशिला बस्याल, नेत्र कुमारी पाण्डे,टंकनाथ न्याैपाने लगाएतकाे उपस्थिति रहेको थियाे । कार्यक्रमकाे अवसरमा सीता सन्यासी गिरी, यमुना बस्याललाई विद्यालयले सम्मान गरेकाे थियाे । त्यस्तै एस ई ई २०८० मा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरु सुभम सन्यासी गिरी,अर्पणा बस्याल, साैगात ढकाल,सुमिना बस्याल, सुदर्शन बस्याल र समीप बस्याललाई मेडल र कदर पत्रद्वारा सम्मान गरिएको थियाे ।
वार्षिकोत्सब कार्यक्रममा शिक्षक अभिभावक संघ अध्यक्ष तारा प्रसाद बस्याल, बाल ज्याेति प्रा.वि का प्रधानाध्यापक गाेविन्द पन्थी, गुगा माध्यमिक विद्यालयका प्रधानाध्यापक जनार्दन अधिकारी,हाेम स्टे महासंघकाे केन्द्रीय उपाध्यक्ष तथा विद्यालका अक्षयकाेषदाता धनिश्वर बस्याल,ने.क.पा. माओवादी बगनासकाली -६ का अध्यक्ष नरेन्द्रराज पचभैया,ने.क.पा.एमालेका वडा कमिटी अध्यक्ष ओम प्रकाश बस्याल,नेपाली कांग्रेस बगनासकाली वडा -६ का वडा सभापति ऋषिकेशब अधिकारीले मन्तव्य राख्नु भएको थियाे । त्यस्तै कार्यक्रममा विद्यार्थीहरुकाे तर्फबाट कक्षा-९ का छात्रा प्रकृति बस्याल स्वागत मन्तव्य राख्नु भएको थियाे भने शिक्षक झपेन्द्र प्रसाद बस्यालकाे स्वागत र रेश्मिराज बस्यालकाे अध्यक्षतामा सम्पन्न भएको थियाे ।








































Comments