सुरक्षित आप्रवासन (सामी) कार्यक्रम तानसेन वडा न २ बाट शुरू
पाल्पा-तानसेन नगरपालिकाद्धारा वैदेशिक रोजगारीमा जाने सम्भावित कामदार,वैदेशिक रोजगारीमा रहेका कामदार, वैदेशिक रोजगारीमा रहेका कामदारका परिवारका सदस्यहरु, बिभिन्न सरोकारवालाहरुसँग तानसेन नगरपालिकाको १४ वटै वडाहरु सन्चालन गर्ने सुरक्षित वैदशिक रोजगार सम्बन्धि गहन अभिमुखिकरण कार्यक्रम वडा न २ वाट शुरु गरेको छ । तानसेन नगरपालिका वडा न २ का वडा अध्यक्ष महेश्वर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख सन्तोष लाल श्रेष्ठको प्रमुख आतिथ्यता उप प्रमुख प्रतिक्षा सिंजाली / प्रमुख प्रशासकीय हरिराम नागिलाको विशिष्ठ आतिथित्यता, तानसेन नगरपालिकाको नगरकार्यपालिका सदस्य सबिता भट्टराई , सामाजिक विकास शाखाका प्रमुख भरत आचार्य, वडा सदस्यहरु ,टोल विकास सदस्यहरु अतिथि रहनु भएको थियो । सो अभिमुखिकरण कार्यक्रमको सन्चालन तथा प्रस्तुतिकरण सुरक्षित आप्रवासन कार्यक्रमका जिल्ला कार्यक्रम सयोजक दिनेश घिमिरेले गर्नुभएको थियो ।
अभिमुखिकरण कार्यक्रममा बैदेशिक रोजगारमा जानु भन्दा अगाडी , बैदेशिक रोजगारमा रहेका कामदार र उनीहरुका परिवारका सदस्यले कुन कुन कुरामा ध्यान दिनुपर्दछ, बैदेशिक रोजगार बोडबाट पाउने सेवा सुबिधाहरु ,बैदशिक रोजगारमा जादा इजाजत प्राप्त सस्था माफत मात्र जाने , सीप सिकेर मात्र बैदेशिक रोजगारमा जाने ,बैदेशिक रोजगारमा जानका लागि पैसा बुझाएपछि व्यहोरा खुलाई भरपाई लिनु पर्दछ ,पासपोट दिदा भरपाइ लिने ,बैदेशिक रोजगारमा जाँदा आवश्यक सवै कागजातहरुको एक एक प्रति आफूसँग राख्ने र परिवारलाइ छोडनु पदर्छ ,सरकारले निषेध गरेको देशमा र काममा जानु हुदैन ,बैदेशिक रोजगार बिभागवाट श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारमा जानु पर्दछ , व्यवसायिक वा भिजिट भिसामा जानु हुदैन ,जानी जानी गलत कागजात बनाई जानु हुँदैन ,बैदेशिक रोजगारमा जानु पूर्व अभिमुखिकरण तालिम अनिवार्य लिने ,आवश्यक पर्ने सहयोगी सस्थाहरुको सम्पर्क न.साथमा राख्नु पर्छ भन्ने बिषयमा प्रस्तुतिकरण गरियो ।
बैदेशिक रोजगारको क्रममा कामदारलाई केहि समस्या भएमा, बैदेशिक रोजगारमा गएका कामदारका परिवारलाई घातक रोग (क्यान्सर,मुटुरोग ,मृगॏला सम्बन्धि रोग, पार्किन्सन्स ,अल्जाईमर रोग ) लागेमा पाउने आर्थिक सहायताको लागि, बैदेशिक रोजगारमा मृत्यु अङ्गभङ्ग भएमा बैदेशिक रोजगारीबाट पाउने आर्थिक सहायताको लागी,बैदेशिक रोजगारीके क्रममा मृत्यु वा अङ्गभङ्ग भएमा बाल बच्चाको छात्रवृतिका लागि तानसेन नगरपालिकाको आप्रवासी श्रोत केन्द वा श्रम तथा रोजगार शाखामा सम्पर्क गर्नुपर्ने बारेमा छलफल गरिएकाे थियाे ।
कार्यक्रममा बोल्दै उप प्रमुख प्रतिक्षा सिजालीले सुरक्षित बैदेशिक यात्रा बनाउन यस कार्यक्रमले काम गर्ने र केहि समस्या भएमा नगरपालिका सम्पर्क गर्न अनुरोध गर्नुभयो । तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले बैदेशिक रोजगारमा गएका तानसेन नगरपालिकाको तथ्याक यसै कार्यक्रम मार्फत लिई रहको जसले आगामी योजनाहरुमा क्रियाकलापहरुमा समाबेश गराउन सहयोग हुने बताउनुभयो । कार्यक्रमको समापन गर्दै अध्यक्ष महेश्वर श्रेष्ठले वडाबाट सुरक्षित बैदेशिक रोजगार बनाउ यस कार्यक्रममा छलफल भएका बिषयवस्तुले सहयोग पुर्याउने बताउदै अभिमुखिकरण कार्यक्रम समापन गर्नुभयो ।








































Comments