सरकार परिवर्तन शासकीय सुधार र संविधान संशोधनका लागि हो भने उचित कदम हाे ।:सभापति श्रेष्ठ
पाल्पा, नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले सरकार परिवर्तन शासकीय सुधार र संविधान संशोधनका लागि हो भने उचित कदम भएको बताउनु भएको छ । नेपाली राजनीतिका शिखर पुरुष गिरिजा प्रसाद कोईरालाको १ सय १ औं जन्मजन्तीको अवसरमा भएको कांग्रेस रामपुर नगर कार्यसमितिको घुम्ती बैठकलाई सम्बोधन गर्दै सत्ता समिकरण परिवर्तनका विषयमा आफ्नो धारणा सार्वजनिक गर्नु भएको हो ।
विजयपुर शिवालयमा भएको बैठकमा बोल्दै उहाँले भन्नुभयो, ‘मुलुकको शासकीय प्रणालीमा सुधार र संविधानमा देखिएका समस्या समाधानका लागि संशोधन गर्न सत्ता समिकरण परिवर्तन भएको हो भने यो कदम उचित छ । तर पद र सत्ताका लागि मात्र हो भने त्यो प्रतिउत्पादक मात्र हुनेछ ।’ उहाँले जनप्रतिनिधि र कार्यकर्ताहरुलाई जनताको पक्षमा रहेर काम गर्न निर्देशन दिनुभयो ।
बैठकमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य कृष्ण प्रसाद अधिकारी, विष्णु मायाँ ढकाल, कांग्रेसका महासमिति सदस्य एवं रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापा, नेपाली कांग्रेस पाल्पाका पूर्व सचिव माधव नेपालले आफ्नो धारणा राख्नु भएको थियो । बैठकमा पार्टीका क्रियाशिल सदस्यहरुलाई सदस्यता वितरण गरेको थियो ।
बैठकको अवसरमा नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिले विपि कोईराला स्मृति अक्षयकोष घोषणा गरेको छ । कोषको लागि जिल्ला सभापति हिमालदत्त श्रेष्ठले ११ हजार १ सय ११ रुपैयाँ घोषणा गर्नु भएको छ । नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिका सभापिति नेत्र प्रसाद भट्टराईको अध्यक्षतामा बसेको बैठक नगर वडा कार्यसमिति रामपुर ६ का सभापति गोविन्द प्रसाद देवकोटाको स्वागत र नगर कार्यसमितिका सचिव चिरञ्जीवि सिग्देलको सञ्चालनमा भएको थियो ।








































Comments