सराइमा फागुन १५ गते मगर एकता दिवस मनाइने
पाल्पाकाे माथागढी-३, स्थित सराइमा मगर एकता दिवस भव्य रूपमा मनाइने भएकाे छ । नेपाल मगर सङ्घ माथागढी गाउँ कमिटिले आउने फागुन १५ गते सराइमा विविध कार्यक्रमसहित मगर एकता दिवस मनाउने तयारी भएकाे सङ्घका अध्यक्ष भेगराज थापाले जानकारी दिनुभयाे । सङ्घले नेपाल मगर सङ्घ स्थापना भएकाे दिनलाई एकता दिवसकाे रूपमा मनाउँदै आएकाे छ ।
मङ्गलबार तानसेनमा पत्रकार भेटघाट गरेर सङ्घले मगर एकता दिवसमा मगरलगायत अन्य समुदायलाई सहभागी हुन आग्रह गरेकाे छ । पत्रकार सम्मेलनमा मगर सङ्घका लुम्विनी प्रदेश सचिव तेजबहादुर घर्तीमगरले मगर समुदायकाे ऐतिहासिक पहिचानसहित माथागढी गाउँपालिकाकाे सहयाेगमा मगर राष्ट्रिय एकता दिवस मनाउने तयारी भएकाे बताउनुभयाे । उहाँले एकता दिवसले मगर समुदायमा प्रचलित संस्कार संस्कृतिकाे संरक्षण गर्न र केही विकृति हटाउन सन्देश प्रदान गर्ने उल्लेख गर्नुभयाे । माथागढी गाउँपालिका वडा नं. ३ का अध्यक्षसमेत रहनुभएका घर्तीमगरले पालिकाले मगरलगायतका समुदायकाे हितमा काम गर्दै आएकाे जानकारी दिनुभयाे ।
सङ्घले १५ गते झाँकी -याली गर्ने, सभा गर्ने, घाेषणापत्र तथा प्रतिवद्धतापत्रमा हस्ताक्षर अभियान चलाउने, परम्परागत सांस्कृति झल्कने नाच तथा गीत प्रस्तुती गर्ने जनाएकाे छ ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष रेखीराम रानाले मगर समुदायकाे एकता दिवसलाई फरक शैलीमा मनाउन आवश्यक रहेकाेमा जाेड दिनुभयाे । कार्यक्रममा पत्रकारहरू भगवान भण्डारी, कमलराज तिमिल्सिना, माधव अर्याल, देव पचभैया, यज्ञमूति तिमिल्सिना, नारायण न्याैपाने, विष्णु खनाल, पदम गैरेलगायतले बाेल्नुभयाे । कार्यक्रम सङ्घका अध्यक्ष भेगराज थापाकाे अध्यक्षता र सचिव खाेम गाहाकाे संचालनमा सम्पन्न भएकाे थियाे ।








































Comments