स्पाइनल मस्क्युलर एर्थाेफिबाट ग्रसित ९ महिना बालककाे उपचारमा आर्थिक अभाव,सहयोग गरिदिन परिवारकाे अपिल
पाल्पा-संसारमै दुर्लभ मानिने एक राेग हाे, स्पाइनल मस्क्युलर अर्थाेफि,यहि दुर्लभ राेगबाट पाल्पाकाे तानसेन नगरपालिका वडा न ११ बाझा घर भएका हाल तिलाेत्तमा बस्दै आएका आमा सिर्जना भट्टराई बिस्ट र बुवा महेन्द्र बिष्टकाे छाेरा सिर्जम बिष्टकाे उपचारका लागि आर्थिक अभाव भएको छ । उमेरले ९ महिना पुगेका सिर्जम बिष्ट स्पाइनल मस्क्युलर एर्थाेपि राेगबाट ग्रसित भएका हुन ।
बंशाणु गत रूपमा लाग्ने याे राेग लागे पछि उपचार खर्च कराैडाे लाग्ने गर्छ जस्का कारण उपचार जटिल छ । याे राेग लागे पछि मांसपेशीहरू कमजोरी हुने गर्दछ । जस्ले गर्दा असक्तता,मेरूदण्डकाे स्काेसिसमा समस्या र फाेक्साेकाे कार्यमा अवराेध भइ स्वासप्रस्वासमा समस्या हुने गर्दछ ।
तिलाेत्तमा सामान्य व्यवसाय गरि दैनिक जीवन यापन गर्दै आएका बिष्टकाे परिवारमा अहिले ठुलाे बज्रपात आइ परेकाे छ । उपचारका लागि झण्डै ७ लाख रकम खर्च भइरहेको आमा सिर्जना बिष्टले बताउनुभयो । उपचारका लागि नेपाल विभिन्न अस्पताल हुँदै भारत सम्म पुगिसकेको बताउने विष्टले परिक्षण पश्चात् स्पाइनल मस्क्युलर एर्थाेपि राेग देखा परेको बताउनुभयो । अस्पतालका अनुसार संसारका धेरै कम मानिसहरूमा याे राेग देखा गर्ने र उपचारका लागि करिब २६ कराेड खर्च लाग्ने बताउनुभयो ।
बच्चा जन्मिदा सामान्य नै भए पनि जन्मिएकाे करिब ९ महिना सम्म पनि सामान्य बच्चा जस्ताे बामे सर्ने,लडिबुडि गर्ने जस्ता कृयाकलाप गर्न सक्दैन । डाक्टर सल्लाहा अनुसार बच्चालाई १८ महिना भित्र जाेजेन्सामा नामकाे खाेप लगाउनुपर्ने बताउनुभयो ।
हाल बिष्टकाे घर परिवारमा ७ जनाकाे परिवार हुनुहुन्छ । सामान्य रकम भए हामीले घरपरिवारबाट नै गर्ने थियाै । तर हाम्रो क्षमता भन्दा धेरै रकमकाे आवश्यकता रहेकोले सहयोग गरिदिनुहुन अपिल गर्दछु,आमा सिर्जना विष्टले बताउनुभयो । सबै जना देश तथा विदेशमा रहनुभएका दाजुभाइ तथा दिदी बहिनिहरूकाे सानाे सानाे सहयोगले छाेरा सिर्जमकाे उपचारमा थप राहत हुने भएकाले सहयोग गरिदिनुहुन अनुराेध गर्नुभएको छ ।
९ महिने बालककाे उपचारका आर्थिक समस्या भएर जीवन सङघर्षको अवस्थामा रहेको हुँदा जीवन रक्षाको लागि मानबताको नाताले आफुले सक्दो सहयोग गरिदिन अपिल गर्दछाै । सहयोग गर्न चाहानेहरुले फाेन नम्बर आमा सिर्जना बिष्ट 9849907505,बुवा महेन्द्र बिष्ट 9847101478 लाई सम्पर्क गरिदिनुहुन अनुराेध छ । साथै तलकाे बैंकमा रकम जम्मा पनि गर्न सक्नुहुनेछ ।








































Comments