सञ्जीवनी अनुसन्धान केन्द्र तानसेन पाल्पाको अध्यक्षमा खनाल

पाल्पा-सञ्जीवनी अनुसन्धान केन्द्र तानसेन पाल्पाको अध्यक्षमा शारदा खनाल निर्विरोध निर्वाचित हुनु भएको छ । विगत १२ वर्षदेखि निरन्तर रूपमा अध्ययन अनुसन्धानको  क्षेत्रमा अहम भूमिका खेल्दै आएको सञ्जीवनी अनुसन्धान केन्द्र तानसेन पाल्पाकाे अध्यक्षमा खनाल निर्विरोध निर्वाचित हुनु भएको हाे ।  

 

केन्द्रकाे १२ औं वार्षिक सभा साधारण सभा तथा ५ औं अधिवेशनबाट अध्यक्षमा खनाल सहित उपाध्यक्ष कृष्णप्रसाद पाण्डे,सचिवमा प्रेम प्रकाश काफ्ले,कोषाध्यक्षमा ऋषिराम गैरे  सदस्यहरूमा लक्षिमा ज्ञवाली,शारदाप्रसाद भट्टराई, छविलाल भुसाल निर्वाचित हुनु भएको छ । 

 

त्यस्तो सञ्जीवनी अनुसन्धान केन्द्र तानसेन पाल्पाको

सल्लाहकारहरुमा समाजसेवी राजीवकुमार शाह र हुम प्रसाद श्रेष्ठ निर्विरोध चयन हुनु भएको हाे । निर्वाचित अध्यक्ष खनालले सस्थाले अनुसन्धान, विकास र सामाजिक सेवामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउनुभयो ।  यस केन्द्रले जनस्वास्थ्य, शिक्षा, वातावरण, तथा समाजका विभिन्न क्षेत्रहरूमा नवीनतम समाधान तथा प्रयासमार्फत राष्ट्रको प्रगतिमा महत्वपूर्ण भूमिका खेलिरहेको बताउदै आगामी दिनमा पनि यश तर्फ सस्थाले आफ्ना गतिविधिहरूलाई उच्च प्राथमिकतामा राखी कार्यक्रम अगाडि बढाउने बताउनुभयो ।

 

निर्वाचित खनाल यस अघि पनि अध्यक्ष पदमा रहि काम गरि सक्नु भएको थियाे । सस्थाकाे बैठकले खनाललाई पुन अध्यक्ष पदमा चयन गरेको हाे ।

Comments