सैनामैनामा सफल करिअर काउन्सिलिङ कार्यक्रम

निश्चल ज्ञवाली,रुपन्देहीको सैनामैनामा सैनामैनाका कक्षा ११ र १२ उतिर्ण विद्यार्थीहरुलाई लक्षित गरि  करिअर काउन्सिलिङ कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी बौद्ध विश्व विद्यालय सिटि क्याम्पस बुटवलको आयोजनामा सम्पन्न उक्त कार्यक्रम कक्षा ११ र १२ पछि पढ्ने  विषयमा आधारित रहि विद्यार्थीलाई कानूनी काउन्सिलिङ  समेत  गरिएको थियो ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सैनामैना नगरपालिकाका प्रमुख फडेन्द्र प्रसाद शर्माले लुम्बिनी बौद्ध विश्वविद्यालय सैनामैनालाई छनोट गरि कार्यक्रम गरेकोमा कृतज्ञता व्यक्त गर्नुभयो । उहाले कानून हरेक व्यक्तिले जान्नुपर्ने विषय भएको बताउनुभयो । वहाँले भन्नुभयो" हामी राजनीति गर्ने व्यक्ति होस वा जो कोहिले पनि कानून बुझ्नु पर्ने आवश्यकता रहेको बताउदै कानूनको क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीहरूको भविष्य उज्ज्वल रहेको बताउनुभयो ।" उहाले क्याम्पस स्तरमा आयोजना हुने कार्यक्रममा समन्वय र सहकार्य गर्न नगरपालिका तयार रहेको  जनाउनुभयो ।

 

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि  सैनामैना नगरपालिका वडा नं ६ का वडा अध्यक्ष गोपालप्रसाद पोख्रेलले कानून र समाज एक अर्काका परिपूरक रहेको उल्लेख गर्दै यसको पालना सबैले गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो । कानून पढेको विद्यार्थीमा मिहिनेत गर्ने बानीको विकास धेरै हुने भएकोले उनीहरुले भविष्यमा के गरौं के नगरौं भनेर विषयमा भौतारिन नपर्ने क्याम्पसका प्रशिक्षक एवं अधिवक्ता बद्री प्रसाद गौतमले बताउनुभयो । कानून पढेर भविष्यमा आर्थिक मात्र नभइ सामाजिक,राजनीति एवं वैचारिक रुपमा शक्तिशाली बन्न सकिने उक्त क्याम्पसका प्रशिक्षक एवं अधिवक्ता लालबहादुर बस्नेत  उल्लेख गर्नुभयो । 

 

कार्यक्रममा प्रशिक्षक एवं  अधिवक्ता मेधनाथ खनालले विद्यार्थीहरुको यो उमेर भनेको मिहिनेत गरेर आफ्नो लक्ष्यमा केन्द्रीत हुनुपर्ने उल्लेख गर्नुभयो । वहाँले भन्नुभयो " विद्यार्थीले कहिल्यै हिजो के थियो भन्दा पनि आज के छ भन्ने कुरालाई मनन गर्दै आफ्नो रुचीअनुसार अघिबढ्नुर्छ, विश्वमा सबैभन्दा प्रख्यात एवं सम्मानित पेशा कानून व्यवसायीको हो ।" विश्वमा धेरै देशको नेतृत्व लिने राजनीतिज्ञहरुको रोजाइ पनि कानून नै छ साथै  त्यसैले मेरो अनुभवले भन्छु कानून पढ्नुस् यसमा अरुमा भन्दा धेरै क्षेत्र छ ।

 

त्यस्तै कार्यक्रमका अर्का प्रशिक्षक  एवं  क्याम्पसका बि टिटि एम विषयका कोडिनेटर अरुण सिंहले  सिटि क्याम्पसमा वि टिटि एम विषय पनि पढाउने हुने भएकोले यो विषय हाम्रो भूगोल सुहाउँदो भएको उल्लेख गर्दै  पर्यटनसँगै जोडिदै अगाडि बढ्ने उल्लेख गर्नुभयो । त्यस्तै कार्यक्रमका अध्यक्ष एवं क्याम्पसका प्रमुख फडिन्द्र कुमार न्यौपानेले आयोजना गरिएको कार्यक्रमले विद्यार्थीमा धेरै कुरा सिक्न मिलेको उल्लेख गर्दै यस्ता कार्यक्रम सदैव गर्दै जाने उल्लेख गर्नुभएको छ ।

 

कार्यक्रममा  लुम्बिनी बौद्ध विश्वविद्यालय सिटि क्याम्पस बुटवलमा कानून संकायमा अध्ययनरत विद्यार्थी नविन पौडेलले स्वागत मन्तव्य राख्नुभयो ।  कानूनका विद्यार्थी शंकर भुसालको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थी विजय सुनारले कार्यक्रम संयोजकको को भूमिका निभाउनुभएको थियो ।

 

सांस्कृतिक कार्यक्रम एवं विद्यार्थीका प्रतिभाको प्रस्फुटन समेत गरिएको उक्त कार्यक्रममा पत्रकार, समाजसेवी एवं राजनीतिक व्यक्तित्व र विद्यार्थी गरि १५० भन्दा बढीको उपस्थिति रहेको थियो । कार्यक्रम सैनामैना नगरपालिका वडा नं ६ मा सम्पन्न भएको हो ।

Comments