सामुदायिक कुकुरको बन्ध्याकरण गर्दै तानसेन नगरपालिका

 

नगरका छाडा कुकुरको बन्ध्याकरण गरिदै । तस्बिर : सन्तोष गहतराज 

पाल्पाकाे तानसेन नगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण अभियान शुरू गरेको छ ।  नगरपालिकाले तानसेन नगरभित्रका सामुदायिक कुकुरहरुको बन्ध्याकरण बुधबारबाट शुरू गरेको हाे । सामुदायिक (छाडा) कुकुरका कारण समस्या बढेपछि शिविर नै राखेर बन्ध्याकरण गरिएको हो । कुकुरलाई रेबिजविरुद्ध खोप समेत लगाइएको छ । 

 

शिविर तानसेन नगरपालिका,भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तानसेन पाल्पाकाे आयाेजना, प्राविधिक तथा अनुसन्धानात्मक कार्यका लागि युवा समूहकाे प्राविधिक सहकार्यमा सामुदायिक कुकुरको बन्ध्याकरण थालिएकाे भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख दुर्गा प्रसाद खनालले जानकारी दिए ।

 

सामुदायिक कुकुरको संख्यामा कमी ल्याउन र रेबिजको प्रकोप न्यूनीकरण गर्न सामुदायिक कुकुरको बन्ध्याकरणका लागि शिविर सञ्चालन गरिएको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले  बताए । शिविरमा खटिएको विज्ञसहितको टोलीले नगरको टोल–टोलमा पुगेर कुकुरलाई नियन्त्रणमा लिई शिविर स्थलमा ल्याइ बन्ध्याकरण लगायत उपचार गरेपश्चात नियन्त्रण लिइएको स्थानमै छाडिने नगर प्रमुख श्रेष्ठकाे भनाइ छ । तानसेन बजारमा छाडा कुकुरका कारण सवारीसाधनमा यात्रा गर्ने यात्रुहरूलाई असज भएको छ । भने अर्काे तर्फ रेबिज लगाएतका राेगहरूकाे पनि जाेखिम भएकाले नगरपालिकाले शिविर नै राखेर बन्ध्याकरणका शुरू गरेको छाै,नगर प्रमुख श्रेष्ठले बताए ।  कुकुरकाे पनि मानवकाे जस्तै जिउन पाउने अधिकार छ । कुकुरकाे जीउन पाउने अधिकारीलाई मध्ये नजर गरि संख्यामा कमी ल्याउन र रेबिजको प्रकोप न्यूनीकरण गर्न नगरपालिकाले बन्ध्याकरण अभियान शुरू गरेको बताए । 

 

तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले शिविरबाट पहिलाे चरणमा करिब ७५ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको बताए । भुस्याहा कुकुरको संख्या बढ्न नदिने स्थायी उपाय बन्ध्याकरण गर्नु हो, त्यसैले आगामी दिनमा नगरपालिकाले बन्ध्याकरण शिविरलाई निरन्तरता दिने बताए ।  भुस्याहा कुकुरका कारण नगरवासीले समस्या भोग्न नपरोस् भनेर बन्ध्याकरण गर्न शुरू गरिएको प्रमुख प्रशासकिय अधिकृत नागिलाले बताए ।  

 

प्राविधिक तथा अनुसन्धानात्मक कार्यका लागि युवा समूहका सञ्चालक अविनास क्षेत्रीका अनुसार कुकुर बन्ध्याकरणका लागि ट्रष्टबाट  टोली खटेको बताए । यसबाहेक नगरपालिका र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट पनि जनशक्ति खटिएको छ । तानसेन नगरपालिकाका उप प्रमुख प्रतिक्षा गाहा सिङ्जालीले कुकुरलाई संरक्षण गर्नुपर्ने तर रेबिजबाट जोगिन भने यस्ता शिविर जरुरी रहेको बताउनुभयो ।

Comments