सिमान्तकृत कुमाल समुदायलाई सशक्तिकरण गर्दै सामाजिक विकास डिभिजन कार्यालय पाल्पा
पाल्पा-सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले सिमान्तकृत कुमाल समुदायका महिला तथा बहिष्करणमा परेका ब्यक्तिहरूलाई एक दिने सशक्तीकरण कार्यक्रम प्रदान गरेको छ । कार्यालयले बगनासकाली-१ घाेरबन्दा,तानसेन वडा न ६ र वडा न ७ का कुमाल समुदायका मानिसहरूलाई एक दिने सशक्तिकरण कार्यक्रम प्रदान गरेको हाे । कार्यक्रम बगनासकाली गाउँपालिका वडा न १ घाेरबन्दाका ६८ जना कुमाल समुदाय र तानसेन वडा न ६ र वडा न ७ का ६७ जना सिमान्तकृत कुमाल समुदायका महिला तथा वहिष्करणमा परेका ब्यक्तिहरूलाई एक दिने सशक्तिकरण अन्तरक्रिया कार्यक्रम प्रदान गरिएकाे हाे ।
कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख मित्र प्रसाद गाैतमले कार्यालयले कुमाल समुदायका महिलाहरूकाे क्षमता अभिवृद्धि गर्नका लागि कार्यक्रम आयाेजना गरिएको बताए । सिमान्तकृत समुदायका महिला तथा बहिष्करणमा परेका व्यक्तिहरूलाई सचेत बनाउन, उनिहरूकाे क्षमता अभिवृद्धि गर्नका लागि कार्यक्रम फलदायी हुनेमा कार्यालय विश्वस्त रहेकाे बताए । तालिम लिएर मात्र तालिमको औंचित्य पूरा नहुने भएकोले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्न सहभागीहरूलाई आर्गह गरे । कार्यालयले आगामी बर्ष पनि यस्तै किसिमका सिमान्तकृत,अल्पसंख्यक,दलित तथा लक्षित बर्गलाई सजग बनाउने र क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रमलाई निरन्तरता दिने बताए ।
कार्यक्रममा तानसेन वडा न ७ का वडा अध्यक्ष प्रदिप खनालले सिमान्तकृत कुमाल समुदायमा यस्ता सशक्तीकरण कार्यक्रम अति आवश्यक रहेको बताए । देशमा धेरै परिवर्तनहरू आउदा पनि कुमाल समुदायका मानिसहरूकाे जीवनस्तरमा परिवर्तन हुन नसकेको बताए । सरकारले यस्ता समुदायका नागरिकहरूकाे चेतना अभिवृद्धि गर्ने,नेतृत्व,व्यक्तित्व विकास गर्ने किसिमका कार्यक्रमहरू ल्याउन आवश्यक रहेको बताए । वडा सरकारले प्रत्येक बर्ष सिमान्तकृत कुमाल समुदायका मानिसहरूकाे उत्थानमा लागि बजेट बिनियाेजन गरि काम गरिरहेकाे बताए ।
बगनासकाली गाउँपालिका वडा न १ का वडा अध्यक्ष शेर बहादुर चिदीले कुमाल समुदायकाे जीवनस्तर परिवर्तन गर्न जीवनशैली परिवर्तन गर्नुपर्ने बताए । कुमाल समुदायका मानिसहरूले छाेरा छाेरी शिक्षा दीक्षा,स्वास्थ्य ,खानपिन लगाएत कुरामा ध्यान दिनुपर्ने बताए । कुमाल समुदायका नागरिकहरूकाे जीवनशैली परिवर्तन गर्न र क्षमता अभिवृद्धि गर्न वडा सरकारले प्रयास गरिरहेकाे बताए । कार्यक्रममा प्रशिक्षण प्रशिक्षक कृष्ण गहतराजले प्रदान गर्नुभएको थियाे ।








































Comments