स्मल किड्स मण्टेश्वरीका सञ्चालक नेपालीलाई अपेन लुम्बिनी प्रदेश डाइनामिक लिडर अवार्ड
रामपुर (पाल्पा)
स्मल किड्स मण्टेश्वरी पाल्पाका सञ्चालक मनबहादुर नेपाली अपेन लुम्बिनी प्रदेश डाइनामिक लिडर अवार्ड–२०८२ बाट सम्मानित भएका छन् । एशोसियसन अफ प्रि स्कुल एजुकेटर्स नेपालले उनलाई सो अवार्ड प्रदान गरेको हो । प्रभावकारी शिक्षा र बालबालिकाको क्षेत्रमा उर्वर शक्ति सृजना गर्दै समग्र बालबालिकाको उज्ज्वल भविष्य निर्माणको लागि महत्वपूर्ण योगदान पुर्याउँदै शैक्षिक संस्था सञ्चालनमा ल्याई रोजगारी सिर्जना गरी महिला उद्यमशीलता र सशक्तिकरणमा अनुकरणीय योगदान तथा मेहनतको कदर गर्दै सञ्चालक नेपालीलाई अपेन लुम्बिनी प्रदेश डाइनामिक लिडर अवार्डले सम्मान गरिएको आयोजकले जनाएको छ ।
सो अवार्ड लुम्बिनी बौद्ध विश्वविद्यालय कपिलवस्तुका उपकुलपति डा. सुवर्णलाल बज्राचार्य, अपेन लुम्बिनी प्रदेश कार्यसमिति अध्यक्ष सरस्वति ढुंगाना र अपेन केन्द्रिय कार्यसमिति काठमाण्डौका अध्यक्ष बद्रीप्रसाद दहालले संयुक्त रुपमा प्रदान गरेका हुन् । एशोसियसन अफ प्रि–कुल एजुकेटर्स नेपाल अपेनको साङ्गठनिक गतिविधि र विकास तथा संस्थागत क्षमता अभिवृद्धिका लागि तत्पर रहदै सङ्गठनको मर्म र भावनालाई सम्मान, सहकार्य र एकतामार्फत अझ सुदृद्ध बनाउँदै आगामी दिनमा संगठनको हितमा शिक्षा र बालबालिकाको क्षेत्रमा यस विद्यालयको भूमिका अहम र बृहत्त हुँदै सफलता उन्मुख हुने पूर्ण विश्वासका साथ अपेन लुम्बिनी प्रदेश डाइनामिक लिडर अवार्ड–२०८२ प्रदान गरिएको सम्मान पत्रमा जनाइएको छ ।
अपेन लुम्बिनी प्रदेश डाइनामिक लिडर अवार्ड–२०८२ बाट सम्मान गर्ने आयोजकलाई धन्यवाद व्यक्त गर्दै बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा आफू सदैव सक्रियताका साथ लागिरहने उनले बताएका छन् । नेपालीले पाल्पाको रामपुर नगरपालिका–५ स्थित बेझाड बाङ्गेपसलमा लामो समय देखि स्मल किड्स मण्टेश्वरी सञ्चालन गर्दैै आएका छन् ।
यो क्षेत्रमा मण्टेश्वरीको अवधारणा र सञ्चालन गर्ने उनी पहिलो व्यक्ति हुन् । उनले मण्टेश्वरी सञ्चालनमा ल्याएपछि उनकै प्रभावले रामपुर नगरपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयले मण्टेश्वरी सञ्चालनमा ल्याएका छन् ।








































Comments