समाजसेवी रानाद्वारा ५ लाख ५ हजार ५ सय ५५ काे अक्षयकोष स्थापना
पाल्पा-जिल्लाकाे बगनासकाली गाउँपालिका पाेखराथाेक निकासी समाजसेवी पदम रानाले जनता प्राथमिक बिद्यालय बगनासकाली २ पोखराथोकलाई ५ लाख ५ हजार ५ सय ५५ काे अक्षयकोष स्थापना गर्नुभएको छ ।
समाजसेवी ब्यक्तित्व पोखराथोक निबासी पदम राना र उहाको परिवारले करिब ९५ प्रतिशत कुमाल समुदायका बालबालिकाले अध्ययन गर्ने जनता प्राथमिक बिद्यालय, बगनासकाली २ पोखराथोकमा अक्षयकोष स्थापना गर्नु भएको हाे । बिद्यालयका ६० बालबालिकालाई झोला र एक अपांग बालकलाई रूपैयाँ ५ हजार सहयोग प्रदान गर्नु भएको छ ।
बुधबार झाेला वितरण र अक्षयकोष स्थापना गर्न जनता प्राथमिक विद्यालयमा पुग्नु भएका रानाले आफु जन्मे,हुर्के, पढे लेखेकाे ठाउमा सहयोग गर्न पाउँदा खुशी भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ "शैक्षिक क्षेत्रकाे विकासले देशकाे विकास सम्भव छ । त्यसैले बगनासकाली गाउँपालिकाका हरेक विद्यालय,संघ सस्थामा पुगी झाेला वितरण,अक्षयकोष स्थापना गरिरहेका छु । साच्चै मेराे जन्म भुमिकाे माटाे पवित्र छ । मेराे समय र क्षमता भ्याउदा सम्म यहाकाे सामाजिक कार्यमा निरन्तर लागि रहनेछु,उहाले बताउनुभयो ।
कार्यक्रममा बगनासकाली गाउँपालिकाका प्रबक्ता टीका थापा, २ न वडा अध्यक्ष तिर्थ भट्टराई, कार्यपालिका सदस्य गिता रेग्मी, वडा सदस्य प्रेम कुमाल लगाएतले मन्तव्य राख्नु भएको थियाे ।
समाजसेवी रानालाई स्थानीयहरूले पन्चेबाजा सहित स्वागत गरेका थिए । जस्काे समन्वयकर्ता बिद्यालयका सल्लाहकार दीपेन्द्र ढकाल र समाजसेवी डेन्जिङ्ग रायमाझी गर्नु भएको थियाे । कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष विनिता कुमालकाे अध्यक्षता सम्पन्न भएको थियाे ।








































Comments