समाजसेवी रानाले गुहारठाना माविका विद्यार्थीलाई न्यानो कपडा प्रदान
पाल्पा-पाल्पाकाे रैनादेवी छहरा गाउँपालिकाका समाजसेवी एवम राष्ट्रसेवक जीवन रानाले गुहारठाना माध्यमिक विधालयमा अध्ययनरत अति बिपन्न र जेहेन्दार विद्यार्थीहरूलाई कपडा वितरण गरेका छन ।
गाउँपालिकाका स्वास्थ्य साखा प्रमुख समेत रहेका रानाले आफ्नो जन्मदिनको अवसर पारेर विधालयमा अध्ययनरत अति बिपन्न र जेहेन्दार २० जना बिद्यार्थीहरुलाई पाेषाक वितरण गरेका छन । जन्म दिनको नाममा फजुल खर्च गर्नु भन्दा गरिब, विपन्न, जेहेन्दार तथा आर्थिक अवस्था न्यून भएका विद्यार्थीको पहिचान गरी न्यानो कपडा बितरण गर्न पाउदा आफुलाई खुशि मिलेको उनी बताउछन । आगामी दिनमा पनि आफूले न्यून आय भएका विद्यार्थीलाई यसैगरी सहयोग गर्दै जाने समेत प्रतिबद्वता व्यक्त गरे ।
रैनादेवी छहरा गाउँपालिकाको भौगलिक हिसावले बिकट मानिने गुहारठाना माविका बिधार्थीलाई सहयोग गरेकोमा बिधालय परिवारले धन्यबाद ज्ञापन गरेको छ । कार्यक्रममा वडा अध्यक्ष दोम बहादुर घर्ती, पुर्व वडा अध्यक्ष नङ बहादुर रास्कोटी, बिधालय ब्यावस्थापन समितिका पदाधिकारीहरूकाे उपस्थिति रहेको थियाे ।








































Comments