सामाजिक उत्तरदायित्व अन्तर्गत प्रभु बैंकले ४० कार्पेट सहयोग

पाल्पा, २०८२ असार २३ गते । सामाजिक उत्तरदायित्व अन्तर्गत प्रभु बैंक लिमिटेड, पाल्पा शाखाले श्री दर्लमडाँडा माध्यमिक विद्यालयलाई ४० वटा “मिस्टर कार्पेट” सहयोग स्वरूप प्रदान गरेको छ । विद्यालयको शैक्षिक वातावरण अझै सहज र व्यवस्थित बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले प्रभु बैंकले उक्त सहयोग गरेको हो । विद्यालय परिसरमा आयोजना गरिएको औपचारिक कार्यक्रममा प्रभु बैंकका प्रशासन अधिकृत दर्शन शर्मा, संबंध अधिकृत बसन्त कार्की, विद्यालयका प्रधानाध्यापक डिल्ली राज गैरे, विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । 

 

कार्यक्रममा बोल्दै प्रभु बैंकका प्रशासन अधिकृत दर्शन शर्माले बैंकले आफ्नो स्थापना कालदेखि नै बैंकिङ सेवासँगै सामाजिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएको बताउनुभयो । शिक्षाको विकास कुनै पनि समाजको मूल आधार हो भन्ने विश्वासका साथ हामी विद्यालयहरूलाई आवश्यक सहयोग पुर्‍याउँदै आएका छौँ । उहाले बताउनुभयो । दर्मलमडाँडा माध्यमिक विद्यालयलाई प्रदान गरिएको यो सहयोगले विद्यार्थीहरूको पठनपाठनमा सहजता ल्याउने र सिकाइको वातावरणलाई अझ सुदृढ बनाउने विश्वास लिएको बताउनुभयो । 

 

त्यसैगरी, संबंध अधिकृत बसन्त कार्कीले सामाजिक उत्तरदायित्वलाई बैंकिङ व्यवसायको महत्वपूर्ण हिस्सा मान्दै आएको बताउनुभयो । शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, खेलकुद र सामुदायिक विकासका विभिन्न क्षेत्रमा प्रभु बैंकले निरन्तर सहयोग पुर्‍याउँदै आएको बताउनुभयो । यो प्रयासले विद्यालयलाई केही सहजता दिलाओस् भन्ने  चाहना बैकको रहेको बताउनुभयो । उहाले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यालयका प्रधानाध्यापक डिल्ली राज गैरेले प्रभु बैंकलाई धन्यवाद ज्ञापन गर्दै विद्यालयलाई प्रदान गरिएको कार्पेटहरूले कक्षा कोठा र अन्य शैक्षिक गतिविधिहरूमा निकै सहजता ल्याउने बताउनुभयो । प्रभु बैंकले देखाएको सद्भाव र सहयोग प्रति धन्यवाद ज्ञापन गर्नुभयो । बैकले सामाजिक उत्तरदायित्व अन्तर्गत दर्लमडाँडा माध्यमिक विद्यालयलाई ४० वटा “मिस्टर कार्पेट” विधालयमा नै पुगेर हस्तान्तरण गरेको हो । 

Comments