सामाजिक संस्थामा मेरो अनुभव
सुमन पोखरेल
मानिसलाई मात्र आफ्नो स्वार्थमा बाँधिएर बस्दा जीवन अपूर्ण हुन्छ। समाजसँग जोडिएर, आपसी सहयोग र सेवा भावका माध्यमबाट मात्र जीवनलाई अर्थपूर्ण बनाउन सकिन्छ भन्ने कुरा मैले सामाजिक संस्थामा संलग्न हुँदा गहिरो रूपमा महसुस गरेँ।
मैले संलग्न भएको संस्थाले शिक्षा, स्वास्थ्य र वातावरण संरक्षणका क्षेत्रमा विभिन्न कार्य गर्दै आएको छ। सुरुमा म केवल सदस्य मात्र थिएँ, तर बिस्तारै विभिन्न कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी हुन थालेँ। रक्तदान कार्यक्रम, वृक्षारोपण, विपद् प्रभावितलाई राहत वितरण जस्ता गतिविधिहरूले मलाई सेवा भाव कस्तो हुन्छ भन्ने प्रत्यक्ष अनुभव दिलाए।
त्यस क्रममा मैले धेरै कुरा सिकेँ—समूहमा मिलेर काम गर्दा धैर्य, अनुशासन र सहकार्य कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा। कतिपय अवस्थामा स–साना कामले पनि कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्ने रहेछ भन्ने बुझ्न पाएँ।
समाजसेवामा लाग्दा भेटिएका विविध मानिसहरूको व्यवहार, सोच र जीवनशैलीले पनि मलाई नयाँ दृष्टिकोण दियो। यसले मेरो आत्मविश्वास बढाएको छ र भविष्यमा पनि सामाजिक कार्यलाई निरन्तरता दिन प्रेरित गरेको छ।
अन्ततः, सामाजिक संस्थामा मेरो अनुभवले मलाई बुझायो कि साँचो खुसी अरूलाई खुशी पार्दा मात्र पाइन्छ। समाजका लागि गरेको सानो योगदानले पनि जीवनलाई गौरवपूर्ण बनाउन सक्छ भन्ने कुरा मैले आफ्नै अनुभवबाट अनुभूत गरेको छु ।








































Comments