सामाजिक कार्यमा व्यस्त, बगनासकाली पाेखराथाेकका पदम राना

पाल्पा-अप्रिल १५ तारिका दिन दुबैमा नेपाल एक नेपालीलाई झण्डै ७२ कराेडकाे चिठ्ठा परेको कुरा सर्वत्र भयाे । उनी थिए,पाल्पाको बगनासकाली गाउँपालिका वडा न २ पाेखराथाेकका पदम राना, झण्डै २३ बर्ष देखि दुबैमा सवारी चालककाे काम गर्दै आउनु भएका रानाले चिठ्ठा मार्फत ७२ कराेड प्राप्त गर्नु भयाे । तपाईंलाई लाग्न सक्छ ?उहाँ कहाँ हुन्छ?, के गर्दै हुनुहुन्छ ?रानाले अहिले आफ्नै जन्म भुमि नेपालमा आई आफ्नै जन्मे,हुर्केको पढेकाे खेलेकाे ठाउँमा आई सामाजिक कार्यमा अग्रसर हुनु भएको छ ।



समाजसेवी रानाले बगनासकाली वडान २ पाेखराथाेक विष्णु माध्यमिक विद्यालयमा रूपैयाँ ३ लाख ५ हजार ५ सय ५५ काे अक्षयकोष स्थापना गर्नु भएको छ । त्यस्तै तानसेन वडा न ९ काे दमकडा माध्यमिक विद्यालयका  दुष्टिविहानलाई भाेजन दाना सहित १ लाख ५ हजार ५ सय ५५ रूपैयाँकाे अक्षयकोष स्थापना,त्यस्तै खानी छापकाे हिमाल प्रावि १ लाख ५ हजार ५सय ५५ काे अक्षयकोष साथै ४० जना विद्यार्थीलाई झाेला वितरण गर्नु भएको छ । समाजसेवी रानाले हिमाल अाधारभुत विद्यालयमा रूपैयाँ ५ लाख ५ हजार ५ सय ५५ काे अक्षयकोष र ७० वटा झाेला वितरण गर्नु भएको छ । साथै उहाले निकट समयमा नै बगनासकाली गाउँपालिकाका  ९ वटा वृद्धा वृद्वालाई लठ्ठी वितरण गर्ने जानकारी दिनु भएको छ । 

 

राना अहिले मात्र हाेइन विगतका समय देखि नै सामाजिक कार्यमा उतिकै चासाे राख्नु व्यक्ति हुनुहुन्थाे । बुधबार झाेला वितरण र अक्षयकोष स्थापना गर्न खानी छाप पुग्नु भएका रानाले आफु जन्मे,हुर्के, पढे लेखेकाे ठाउमा सहयोग गर्न पाउँदा खुशी भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ "शैक्षिक क्षेत्रकाे विकासले देशकाे विकास सम्भव छ । त्यसैले बगनासकाली गाउँपालिकाका हरेक विद्यालय,संघ सस्थामा पुगी झाेला वितरण,अक्षयकोष स्थापना गरिरहेका छु । साच्चै मेराे जन्म भुमिकाे माटाे पवित्र छ । मेराे समय र क्षमता भ्याउदा सम्म यहाकाे सामाजिक कार्यमा निरन्तर लागि रहनेछु । 



अभियान डेङ्जिङ्ग रायमाझी,घनश्याम थापा,चाेप बहादुर थापा,दिपेन्द्र ढकाल लगाएतकाे उपस्थिति रहेको थियाे । समाजसेवी रानाले अहिले आफ्नाे गाउँ ठाउँमा देखाउनु भएको याे कार्य प्रशंसा लायक छ । रानाले आफु जन्मकाे मातृ भुमि प्रतिकाे माया र सद्भावले अन्य व्यक्तिलाई प्रेरिणाकाे स्त्राेत बनेको छ ।

Comments