सामाजिक अभियान्ता मिना पन्थीद्वारा फरक क्षमता भएका बालबालिकालाई झाेला वितरण

पाल्पा- सामाजिक अभियान्ता एवम महिला नेतृ मिना पन्थीले फरक क्षमता भएका बालबालिकाहरूलाई शैक्षिक सामाग्री एवम झाेला वितरण गरेकी छन । जिल्लाकाे सामाजिक कार्यमा सकृय रहेकी सामाजिक अभियान्ता  पन्थीले पाल्पाकाे सदरमुकाम तानसेन स्थित वडा न २ काे मेहलधारामा रहेको डे केयर सेन्टरका विद्यार्थीहरूलाई झाेला एवम शैक्षिक सामाग्री वितरण गरेकी हुन । 

 

विशेषगरी मनकाे धनी ,वर्गीय कुरा गर्न नचाहने र संघर्षले खारिएकी पन्थीले २० बर्षे लामाे शैक्षिक अनुभव समेत बटुलेकी छन । साेही अनुभव र आफ्नाे जीवन कालमा भाेगका भाेगाईहरूलाई आत्मसाथ गरि पाल्पा जिल्लाका विभिन्न स्थानीय तहका विद्यालय,विभिन्न संघ सस्था,विपन्न,गरिब नागरिकहरूकाे माझमा पुगी विभिन्न सामाजिक अभियानहरू सञ्चालन गरिरहेकी छन । पन्थीले शनिबार डे केयर सेन्टरमा पुगी  फरक क्षमता भएका १६ जना विद्यार्थीहरूलाई झाेला एवम शैक्षिक सामाग्री वितरण गरेकी हुन ।

 

डे केयर सेन्टरमा विगत लामाे समय देखि फरक क्षमता भएका बालबालिकालाई हेरचाह र अध्ययन अध्यापन गराउदै आएकाे सञ्चालन कृष्ण गहतराजले बताए । हाल सेन्टरमा १६ जना फरक क्षमता भएका बालबालिकाहरूले अध्ययन गर्दै आएकाे बताए । केयर सेन्टरले अल्पकालीन आवास गृह,मन्टेश्वरी कक्षामा अध्ययन गर्ने साना बालबालिकालाई समेत अध्यापन गराउदै आएकाे बताए । सामाजिक अभियान्ता,विभिन्न संघ सस्थाकाे सहयोग र सहकार्यले नै सस्थालाई सञ्चालन गर्न सफल भएकाे बताउदै सामाजिक अभियान्ता पन्थीले गरेको सहयोग प्रति धन्यवाद ज्ञापन गरे । हालै केयर सेन्टरले विद्यार्थीहरूका लागि सवारीसाधनबाट ल्याउने लैजाने व्यवस्थाकाे शुरूवात गरेकाे बताए । सवारीसाधन सञ्चालन गर्न आर्थिक स्त्राेत प्रयाप्त नभएकाेले समस्या रहेको बताउदै सहयोग मनहरूलाई सहयोग गरिदिनुहुन अपिल गरेका छन ।

 

विद्यार्थीहरूलाई शैक्षिक सामाग्री एवम झाेला वितरण गर्दै सामाजिक अभियान्ता पन्थीले आफुले आम्दानी गरेकाे रकमकाे १० प्रतिशत सामाजिक कार्यमा खर्च गर्दै आएकाे बताइन । आर्थिक,सामाजिक,भाैगाेलिक हिसाबले पछाडि परेका व्यक्ति,समुदाय र संघ सस्थामा पुगी सामाजिक कार्य गर्दै आएकाे बताउने पन्थीले आफ्नाे जीवन कालमा भाेगका भाेगाईहरूलाई आत्मसाथ गरि सामाजिक कार्यहरू गर्दै आएकाे बताइन । वितरित झाेला एवम शैक्षिक सामाग्रीले विद्यार्थीहरूकाे शैक्षिक ज्ञान वृद्धिमा थप टेवा पुग्ने अपेक्षा रहेको बताइन । 

 

पाल्पाकाे सदरमुकाम तानसेनकाे वडा न २ स्थित मेहलधारामा रहेको उक्त डे केयर सेन्टरलाई अभियान्ता पन्थीले सहयाेग  गरि उदाहरणीय कार्य गरेकी छन । उनले विभिन्न विद्यालयहरूमा शैक्षिक सामाग्री वितरण,झाेला वितरण,जाडाेमा स्विटर,टाेपी,ट्याकसुट वितरण,गरिब तथा विपन्न नागरिकहरूलाई खाधान्न, लत्ताकपडा ,नगद प्रदान सहित आर्थिक अवस्था कमजाेर भएका केही छाेरीहरूलाई पढाउदै आएकी छन । सामाजिक अभियान्ता पन्थी नेपाल महिला संघ पाल्पाकि अध्यक्ष समेत हुन ।

Comments