सोमहर आधारभूत विद्यालयको ६३औं वार्षिकोत्सव सम्पन्न
पाल्पा — "गुणस्तरीय शिक्षा; हामी सबैको प्रतिवद्धता" भन्ने नाराका साथ रिब्दीकोट गाउँपालिका वडा नं. ८ स्थित सोमहर आधारभूत विद्यालय, सोमहरको ६३औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण बहादुर लाम्टाङे अध्यक्षतामा भएको थियाे । कार्यक्रमका प्रमुख अतिथि रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले कार्यक्रमकाे उद्घाटन गर्नुभएको थियाे ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले विद्यालयमा गुणस्तरीय शिक्षा प्रवाह गर्न अभिभावक, शिक्षक, विद्यार्थी तथा समाजका शिक्षाप्रेमी सबैको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्नुभयो । उहाँले शिक्षा क्षेत्रको समग्र विकासका लागि सबै पक्ष आ–आफ्नो तहबाट जिम्मेवारीपूर्वक लाग्नुपर्ने आवश्यकता औंल्याउँदै, रिब्दीकोट गाउँपालिका सधैं शिक्षा क्षेत्रको सुधार, समृद्धि र गुणस्तरीयताको पक्षमा दृढ प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, पाल्पा शाखाका सभापति बाबुराम कार्की विशिष्ट अतिथि रहनुभएको उक्त कार्यक्रममा स्थानीय अभिभावक, शिक्षक, समाजसेवी, विद्यार्थी लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । समारोहमा विद्यालयमा अक्षय कोष स्थापना गर्ने दाताहरूलाई सम्मानस्वरूप प्रमाणपत्र प्रदान गरिएको थियो । साथै, शैक्षिक क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने शिक्षकहरूलाई पनि सम्मान गरिएकाे थियाे ।








































Comments