सालझण्डीमा मिराकल फेसन हाउस सञ्चालनमा, गुणस्तरीय कपडामा विशेष छुट

बुटवल, सालझण्डी – रूपन्देहीको सालझण्डीमा ‘मिराकल फेसन हाउस’ सञ्चालनमा आएको छ । पुरुष तथा महिलाका लागि गुणस्तरीय कपडाहरू सुलभ मूल्यमा उपलब्ध गराउने उद्देश्यले यो फेसन हाउस खोलिएको हो । सोमबार एक विशेष कार्यक्रमबीच औपचारिक रूपमा उद्घाटन गरिएको फेसन हाउस सालझण्डीको प्रहरी चेकपोस्ट छेउ, एनआईसी एसिया बैंक रहेको घरमा सञ्चालनमा आएको छ । सञ्चालक निरज राना भाटका अनुसार व्यवसायका लागि विदेशिने युवाहरूको प्रवृत्तिलाई चुनौती दिँदै आफूले स्वदेशमै व्यापार-व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो फेसन हाउस खोलेकाे बताउनुहुन्छ । 

गुणस्तरीय कपडा, सस्तो मूल्य

मिराकल फेसन हाउसमा ग्राहकहरूलाई ३००, ५००, ६००, ८००, १००० र १५०० रूपैयाँका स्थिर मूल्यमा विभिन्न प्रकारका कपडाहरू उपलब्ध छ । हाउसमा बालबालिका, युवा तथा वृद्ध-वृद्धा सबै उमेर समूहका ग्राहकलाई उपयुक्त हुने फेसनअनुसारका कपडाहरू उपलब्ध रहेको सञ्चालक भाटले बताउनुभयाे । 

१५ दिनसम्म विशेष छुट र अफर

ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै मिराकल फेसन हाउसले उद्घाटन अवसरमा १५ दिनसम्म विशेष छुट र विभिन्न आकर्षक अफरहरू प्रदान गर्ने घोषणा गरेको छ । गुणस्तर, मूल्य र सेवा प्रदान गर्ने लक्ष्यका साथ सञ्चालनमा आएको यस फेसन हाउसले ग्राहकहरूको उच्च सन्तुष्टिलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ । 

 

स्थानीय ग्राहकका लागि सहज रूपमा उत्कृष्ट फेसन सामग्री उपलब्ध गराउने उद्देश्यले खोलिएको मिराकल फेसन हाउस नजिकको बजार सालझण्डीमा कपडा किनमेल गर्नेहरूका लागि राम्रो गन्तव्य बन्न सक्ने अनुमान गरिएको छ ।

Comments