सकियाे दोस्रो माडी व्यापार महोत्सव,एक कराेड ५० लाखकाे बढीको कारोबार
पाल्पा – पाल्पाको माथागढीस्थित सराइमा सञ्चालन भएको दोस्रो माडी, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव सकिएको छ । गत मंसिर ९ गतेदेखि सुरु भएको महोत्सव शनिबार सकिएको हो ।
महोत्सव समापन समारोहका प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य नारायणप्रसाद आचार्यले माडी क्षेत्रको विकासमा महोत्सवले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । माडी क्षेत्रमा व्यापार, पर्यटन तथा कृषि क्षेत्रको विकास गरेर अगाडि बढ्न सकिन्छ भनेर महोत्सवले पुष्टि गरेको आचार्यले बताउनुभयो ।
उहाँले तिनाउ क्षेत्र वरपरका जनताको हितमा आफूले विगतदेखि नै काम गर्दै आएको र आगामी दिनमा पनि यस क्षेत्रको विकासमा भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले सबैको समन्वय र सहकार्यमा महोत्सव सफल भएकोमा सबैलाई धन्यवाद दिनुभयो ।
माथागढी–३, का वडाअध्यक्ष तेजबहादुर घर्तीमगरले पछिल्लो समय बस्ती विकास हुँदै गएको माथागढी क्षेत्रमा नागरिकको चाहना अनुसार महोत्सव हुनु सुखद पक्ष रहेको उल्लेख गर्नुभयो ।
महोत्सवमा एक कराेड ५० लाखकाे करोड बढीको कारोबार भएको महोत्सव मूल आयोजक समितिका संयोजक एवं सराइ युवा क्लबका अध्यक्ष खोमबहादुर गाहाले बताउनुभयो । महाेत्सवकाे ६० हजार बढी दर्शकले अवलाेकन गरेकाे बताइएकाे छ ।महोत्सवमा माडी क्षेत्रका किसानले उत्पादन गरेका कृषिजन्य बस्तुका स्टल, घरेलु तथा साना उद्योगबाट उत्पादित बस्तुका स्टल, बालउद्यान, लत्ताकपडा, खाद्यान्न तथा होटलका गरी १४० वटा स्टल रहेका थिए ।
यस्तै महोत्सवमा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरू बद्री पंगेनी, ज्योति मगर, एलिना चौहान, प्रिती आले, श्याम राना, समीक्षा अधिकारी, कुलेन्द्र विश्वकर्मा, नविन पौडेल, सिर्जना खत्री, हास्य कलाकार माइला बा, दुर्गेस थापा, पुष्कल शर्मा, खुमन अधिकारी, हेमन्त शर्मा, रमेशराज भट्टराई, चन्द्र शर्मा, रामजी खाँडलगायतले आ–आफ्नो प्रस्तुती दिनुभएको थियो । यस्तै महोत्सवमा स्थानीय कलाकारहरूको समेत प्रस्तुती रहेको थियो भने नृत्य प्रतियोगिता समेत भएको थियो ।








































Comments