सहकारीकाे साधारणसभा सम्पन्न
पाल्पा - माथागढी बहुउद्देश्यीय सहकारी संस्थाकाे सातौं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ। साधारणसभामा संस्थाका अध्यक्ष भुवानसिंह गाहाले ४ कराेड ३१ लाख बराबरकाे काराेबार गरेकाे जानकारी दिनुभयाे । माथागढीकाे वडा नं. १, २, ३ र ४ नम्बरमा कार्यक्षेत्र रहेकाे सहकारीले कृषि उत्पादन, बचत तथा ऋण लगानीका क्षेत्रमा काम गर्दै आएकाे जानकारी दिनुभयाे । संस्थामा हाल १ हजार ३५ जना सदस्य रहेकाे अध्यक्ष गाहाले जानकारी दिनुभयाे ।
पछिल्लाे समयमा सहकारीमाथि विभिन्न क्षेत्रबाट आक्रमण भइरहेकाे बताउँदै उहाँले केही नराम्राे सहकारीका कारणले राम्रा सहकारी पनि बदनाम भएकाे उहाँकाे भनाइ छ । कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले सहकारी संस्थाले गाउँका मानिसकाे आम्दानी वृद्धिम सघाएकाे बताउनुभयाे । उहाँले सहकारीसँगकाे सहकार्यमा पालिकाले विभिन्न काम गर्दै आएकाे जानकारी दिँदै सहकारीमा आबद्ध सदस्यका हितमा कार्न गर्न सुझाव दिनुभयाे । उहाँले सहकारीमा देखिएकाे समस्या समाधानका लागि पालिकाले सहकारीकाे सक्षमता वृद्धि गर्न तालिम तथा प्रशिक्षण गरिरहेकाे बताउनुभयाे । कार्यक्रममा माथागढी वडा नं. १ का अध्यक्ष राजकुमार पन्थीले सहकारीमा आबद्ध सबै सदस्य अनुशासित भए मात्र सहकारी उत्कृष्ट बन्ने धारणा राख्नुभयाे ।
कार्यक्रममा टोपला पाण्डेले गर्नुभएकाे थियाे भने कार्यक्रमकाे संचालन नवराज पन्थीले गर्नुभएको थियो। संस्थाको आर्थिक कारोबारको बारेमा अनन्त पन्थीले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे । साधारणसभाकाे अवसरमा उत्कृष्ट काराेबार गर्ने ८ जना सदस्यलाइ सम्मान गरिएकाे थियाे ।








































Comments