संघ र प्रदेशको अन्तर व्यवस्थापिका भेला पाल्पामा
पाल्पा -संघ र ७ वटै प्रदेश अन्तर व्यवस्थापिका भेला पाल्पामा भएको छ । भेलालाई सम्वोधन गर्दै प्रतिनिधीसभाका सभामुख देवराज घिमिरेले संघ तथा प्रदेशका व्यबस्थापिका संसदलाई दिगो, स्थायी रुपमा प्रभावकारी रुपमा संचालन गर्न सके मात्र संघियताको पूर्ण कार्यान्वयन गर्न सकिने बताए । देशमा व्यबस्थापिका, कार्यपालिका र न्यायपालिकाहरुको आ आफ्नै निति नियम कानुन अनुसार संचालन भएपनि पछिल्लो समयमा कार्यपालिका र न्यायपालिकाले संसदको अधिकार माथी हस्तक्षेप गर्दै आएकोमा सभामुख घिमिरेले बताए । कार्यक्रममा राष्ट्रियसभाकी उपाध्यक्ष विमाल घिमिरेले सदनहरु लाई बलियो,तथा प्रभावकारी बनाएर जनताका मुद्दाहरुलाई सम्वोधन गर्न सके मात्र संघियतालाई दिगो रुपमा कार्यान्वयन गर्न सकिने बताए ।
भेलामा संघिय संसद सचिवालयको तर्फबाट उत्तर विधायिकी परिक्षण सम्वन्धी अवधारणापत्र, लुम्विनी प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरको संसदीय वजेट सेवा सम्वन्धी अवधारणपत्र, संविधानविद काशीराज दाहालले अन्तर व्यबस्थापिका मञ्च सम्वन्धी अवधारणपत्र प्रस्तुत गरेका थिए । भेलामा संघ तथा ७ वटै प्रदेशका सभामुख, उप सभामुख तथा सचिवहरुले आ आफ्ना अनुभवहरु आदान प्रदान गरेका थिए । संघियता लाई पूर्णरुपमा कार्यान्वयन गर्न र गराउन, यो अन्तर व्यबस्थापिका भेला महत्वपुर्ण हुने आयोजक लुम्विनी प्रदेशसभाका सभामुख तुलाराम घर्तिमगरले बताए ।
भेला बाट आएका सुझाव, तथा गतिविधीहरु लाई सभामुख देवराज घिमिरे राष्ट्रियसभाकी उपाध्यक्ष विमाल घिमिरे, ७ वटै प्रदेशका सभामुख तथा उप सभामुख केन्द्र तथा प्रदेशका सचिवहरुको उपस्थितीमा पाल्पा घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको आयोजक पक्ष लुम्विनी प्रदेश सभाले जनाएको छ ।








































Comments