सिड्नीमा गुल्मीका बिकलको चमक, अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिपमा रजत पदक जिते

अष्ट्रेलियाको सिड्नीमा सम्पन्न ‘New South Wales International Open Taekwondo Championship 2025’ मा नेपालका लागि गौरवपूर्ण सफलता हासिल गर्दै गुल्मी, रिडीका बिकलले रजत पदक जितेका छन् ।

 

विभिन्न राष्ट्रका खेलाडीहरूको सहभागीता रहेको यो प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता अत्यन्तै प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न भएको थियो । बिकलले Kyorugi (लडाइँ) विधामा नेपालको प्रतिनिधित्व गर्दै आफ्नो उत्कृष्ट प्रदर्शनमार्फत फाइनलसम्मको यात्रा तय गरे ।

 

फाइनल खेलमा केही अंकले पछि परे पनि बिकलको प्रदर्शन गतिशीलता, लचकता, आत्मविश्वास र रणनीतिका हिसाबले अत्यन्तै प्रशंसायोग्य रह्यो। उनले प्रतिस्पर्धाको प्रत्येक चरणमा आत्मविश्वासपूर्वक खेल्दै दर्शकहरूलाई समेत प्रभावित पारे । बिकल यसअघि पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताहरूमा सफलता हात पारिसकेका अनुभवी र समर्पित खेलाडी हुन् । उनको अनुशासन, कडा मेहनत र देशप्रतिको माया नै उनलाई निरन्तर सफलताको शिखरतर्फ डोर्याइरहेको छ ।

 

उनको यो सफलताले नेपाली तेक्वान्दो खेलमा थप हौसला, प्रेरणा र अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउने कार्य गरेको छ । यसैबीच, नेपाल तेक्वान्दो संघ, खेलप्रेमीहरू र बिकलका समर्थकहरूले उनलाई बधाइ तथा शुभकामना दिएका छन् ।

Comments