रिव्दीकोट गाउँपालिकाले गर्यो पालिका भरीका मोतियाविन्दु भएका नागरिकलाई निशुल्क शल्यक्रिया
सन्तोष गहतराज
रिव्दीकोट गाउँपालिकाले पालिका भरीका मोतियाविन्दु भएको सबै नागरिकहरुको निशुल्क शल्येक्रिया गरेको छ । पालिकाले पाल्पा लायन्स लाकौल आँखा अस्पताल संग सहकार्य गरेर सबै वडामा पुगी १८ स्थानमा आँखा शिविर संचालन गरेर मोतियाविन्दु रोग लागेका सबै विरामीहरु लाई दुई दिने शिविर मार्फत निशुल्क रुपमा शल्यक्रिया गरेको छ ।
म बनाउछु मेरो रिव्दीकोट अभियान अन्तरगत पाल्पा लायन्स लाकौल आँखा अस्पताल संग सहकार्य बाट एउटै अभियानमा ५ हजार २ सय भन्दा बढी नागरिकहरुको आखाँ जाँच गरेर १ सय ३९ जनाको निशुल्क अपे्रशन गरिएको पालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताए । पालिकाले आँखा अप्रेशन गर्ने जेष्ठ नागरिक तथा विरामी कुरुवा लाई घर घर बाट ल्याउने लैजाने, खान बस्नको निशुल्क व्यबस्था गरेको पालिका उपाध्यक्ष कान्ता अधिकारीले बताईन । संविधानको मुल भावना अनुसार एकै पटक पालिका भरीका ५२ सय व्यक्तिले आँखाको उपचार सेवा पाएकोे प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले बताए ।
पालिकाभरीका जनता लाई आँखा देख्ने बनाउन, सबैलाई संसार देख्ने बनाउन सिङ्गो पालिका देखी सबै वडाका स्वास्थ्यकर्मी, महिला स्वयमसेविका निरन्तर खटिएको र आँखा नदेख्ने १३९ जनाको शल्यक्रिया गरेर आँखा देख्ने बनाउन सफल भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताए । नेपाल नेत्र ज्योती संघ पाल्पा लायन्स लाकौल आँखा अस्पतालका व्यबस्थापक सन्तोष दर्जीले आँखाको शल्यक्रिया गरेपछि नियमित हेरचाह तथा नियमित आई ड्रप लगाउने, धुलो धुवामा नजाने जस्ता काम गरेमा लामो समय सम्म आँखा देख्न सकिने बताए ।
मलाई २ बर्ष अघि नै मोतियाविन्दु भएको थियो ।गाउँपालिकाले वडामै आँखा शिविर राख्यो, आँखा जचाए , गाउँपालिकाले निशुल्क अप्रेशन गरिदिएकोले अव दुबै आँखाले देख्ने भएको रिव्दीकोट गाउँपालिका वडा नंं २ लघुवाकी विष्णु कुमारी नेपालले बताईन । म बनाउछु मेरो रिव्दीकोट अन्तरगत नवयुवा बचत समुह खस्यौलीले शल्यक्रियाको लागी आएका विरामी, आफन्त तथा कुरुवा, चिकित्सक, नर्सहरुको सहयोगको लागी निशुल्क रुपमा खानेपानी, जुस खाजा, खानाको व्यबस्थापन गरेको थियो ।








































Comments