राष्ट्रिय वृक्षारोपण दिवसकाे अवसरमा पर्यापर्यटन सामुदायिक वन भुसलडांडा वृक्षारोपण

पाल्पा- राष्ट्रिय वृक्षारोपण दिवसकाे अवसरमा तानसेनकाे वडा न १ मा अवस्थित पर्यापर्यटन सामुदायिक वन भुसलडांडामा वृक्षारोपण गरिएको छ । राष्ट्रिय वृक्षारोपण दिवस- २०८१ को अवसरमा शुक्रबार कार्यक्रम गरिएको हाे । कार्यक्रम तानसेन वडा न १ काे सहयोग तथा सहकार्यमा र डिभिजन बन कार्यालय पाल्पाको आयाेजनामा भएको हाे । 

 

कार्यक्रमका प्रमुख अतिथि पाल्पा क्षेत्र न २ का संघीय सांसद ठाकुर प्रसाद गैरेले दिवसकाे अवसरमा बिरुवा राेपण गरि कार्यक्रमकाे शुभारम्भ गरे । कार्यक्रममा सांसद गैरेले तानसेन श्रीनगरकाे पर्यटन विकासमा अब सबै एक्यवद्ध हुने पर्ने बताए । सामुदायिक बन उपभोक्ता समिति,संघ,प्रदेश र स्थानीय सरकार,राजनीति दलहरू सबै एक्यवद्ध भएर लागे मात्र श्रीनगरकाे पर्यापर्यटनकाे विकास हुने बताए । तानसेनकाे विकास हुन श्रीनगरकाे विकास हुन जरूरी रहेको बताए । उनले भने "श्रीनगरकाे विकासका लागि संघ,प्रदेश र स्थानीय तहबाट बजेट बिनियाेजन भएको छ, तर साना साना विवादका कारण आएकाे पैसा खर्च नहुन् प्रवृति रहेको छ ,याे हाम्रो विकास विरूद्वमा छ । त्यसैले सबैले सबैकाे अस्तित्वलाई स्विकारेर सामुहिक रूपले श्रीनगरकाे विकास लाग्नुपर्ने बताए । श्रीनगरकाे बाटाेलाई व्यवस्थित गरि चक्रपथकाे रूपमा विकास गर्न,श्रीनगरमा पैदलमार्ग निर्माण गर्न र श्रीनगरकाे वरिपरि पर्यटकिय रेल बनाई पर्यटकलाई आकर्षण गर्न सकिने सम्भावना रहेको बताए । 

 

कार्यक्रममा लुम्बिनी प्रदेश सांसद वीर बहादुर रानाले तानसेनको समग्रकाे विकासका लागि अब साेच्नु पर्ने बेला आएकाे बताए । तानसेन श्रीनगरकाे विकासका लागि एकले अर्काकाे अस्तित्वलाई स्वीकार गर्दै वार्ता र संवादकाे माध्यमबाट समग्र विकासमा लाग्नु पर्ने बताए । श्रीनगरकाे थप साैन्दर्यकरणका लागि सल्लाका रूखहरूलाई हटाएर चाैधपाते रूखहरू लगाउन आवश्यक रहेको छ ।  एकले अर्काकाे अस्तित्वलाई स्विकार नगर्ने,एक आपसमा तालमेल नहुने,अवरोधहरू सिर्जना भएमा विकास सम्भव नहुने बताए । साच्चै समग्र तानसेनकाे विकास गर्ने हाे भने सबै पक्षले मन वचन र कर्मले लाग्नुपर्ने बताए । समग्र तानसेन र श्रीनगरकाे विकासका लागि अभिनय गरेर हाेइन,अभियानकै रूपमा लागेर अन्त्रर्सकरणबाट लाग्नुपर्ने बताए । 

 

कार्यक्रममा पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी आन्नद काफ्लेले समग्र तानसेन र श्रीनगरकाे महाेत्वलाई जाेगाउनका लागि समन्वयकारी भुमिका खेल्नुपर्ने बताए । श्रीनगरकाे पर्यापर्यटनकाे विकासका लागि बजेट बिनियाेजन भए पनि विवादका कारण कार्यान्वयन आउन नसकेको बताए । तानसेनकाे पहिचान नै श्रीनगर रहेकोले समग्र विकासमा सबै पक्षले समन्वयकारी भुमिका निर्वाह गरि लाग्न आवश्यक रहेको बताए ।

 

कार्यक्रममा डिभिजन बन कार्यालयका प्रमुख नारायण देब भट्टराईले असार १४ गतेलाइ नेपाल सरकारले राष्ट्रिय वृक्षारोपण दिवसकाे रूपमा मनाउदै आएकाे बताए । आज देश भरनै सरकारले राष्ट्रिय वृक्षारोपण दिवस मनाउने गरि घाेषणा गरेको र पाल्पामा पनि वृक्षारोपण गरि दिवस मनाइएकाे बताए । कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठ,तानसेन वडा न १ का वडा अध्यक्ष सुनिल कुमार बस्याल,वडा न ३ का वडा अध्यक्ष बाबू रत्न शाक्य,वडा न ४ का वडा अध्यक्ष हेमन्त राज शाक्य लगाएतकाे उपस्थिति रहेको थियाे । वृक्षारोपण कार्यक्रममा चिउरी,खयर,तेजपात,जाकारनडा लगाएतका बिरूवा लगाईएकाे छ ।

 

Comments