राष्ट्रिय धान दिवस नेपाल किसान संघ पाल्पाले पनि मनायो ।
पाल्पा । नेपाल किसान संघ पाल्पाले असार १५ गते राष्ट्रिय धान दिवस भव्य रुपमा रिब्दीकोट गाउँपालिका–२, दम्मक भर्देवामा मनाएको छ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुनु भएका नेपाली कांग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले कृषि क्षेत्रलाई आधुनिक र व्यवसायिक बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाले धान नेपालको मुख्य अन्नबाली मात्र होइन, हाम्रो संस्कृति, जीवनशैली र आत्मसम्मानसँग जोडिएको विषय रहेको बताउनुभयो । जलवायु परिवर्तनको असर र खेतीयोग्य जमिन खुम्चिंदै जाँदा धान उत्पादन संकटमा पर्न थालेकोमा चिन्ता व्यक्त गर्दै सरकारले समयमै किसानलाई प्राविधिक सहयोग, गुणस्तरीय बीउविजन, सिंचाइ र बजार सुनिश्चितता उपलब्ध गराउन आवश्यक रहेको बताउनुभयो । कृषिमा आत्मनिर्भरता कायम नगरी समृद्ध नेपालको सपना पूरा हुन नसक्ने सभापति श्रेष्ठले बताउनुभयो ।
विशिष्ट अतिथि लुम्बिनी प्रदेशसभा सांसद वीर बहादुर रानाले धान उत्पादन वृद्धिका लागि वैज्ञानिक पद्धतिमा आधारित खेती प्रणाली अपनाउनु पर्ने विचार व्यक्त गर्नुभयो । उहाले किसानलाई अनुदानमूलक कार्यक्रम मात्र होइन, दीर्घकालीन कृषकका समस्या समाधानका उपायहरूका बारेमा सरकारले कार्यक्रम ल्याउनु पर्ने बताउनुभयेा ।
उहाले प्रदेशसभा सदस्यको हैसियतले पनि कृषि नीति र बजेटमा किसानमुखी कार्यक्रमलाई प्राथमिकता दिन निरन्तर आवाज उठाइरहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका उपसभापति झपेन्द्र गैरे र महासमिति सदस्य यमलाल तिमिल्सिनाले कृषि क्षेत्रबाट मात्रै मुलुकको आर्थिक विकास सम्भव रहेको धारणा राख्नुभयो । कार्यक्रममा रिब्दिकेाट गापा उपाध्यक्ष कान्ता अधिकारी, ने का पाल्पा जिल्ला सदस्य डा माधव थापा, माधव नेपाल,गिरिजा गैरे,नेपाल दलित संघ पाल्पाका उपाध्यक्ष दिनेश गन्धर्व र नेपाली कांग्रेस रम्भा वडा नं। १ का वडा सभापति विष्णु पछाईले पनि आ–आफ्ना भनाइ राख्दै किसानलाई प्रविधिमा पहुँच पु¥याउने खालका कार्यक्रमहरू आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता नेपाल किसान संघ पाल्पाका सभापति जगन्नाथ अर्यालले गरेका थिए । उनले राष्ट्रिय धान दिवसले किसानबीच एकता र आत्मबल बढाएको भन्दै किसानका समस्यालाई समाधान गर्ने दिशामा संघ निरन्तर सक्रिय रहने बताउनुभयो । कार्यक्रमको सञ्चालन नेपाल किसान संघ पाल्पाकी सदस्य मालती पौडेलले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन नेपाली कांग्रेस रिब्दीकोट वडा नं। २ का सभापति ओम प्रकाश पोखरेलले गर्नुभएको थियो । स्वागत मन्तव्य क्याप्टेन अमर शारू गर्नु भएको थियो । राष्ट्रिय धान दिवसकै अवसरमा धान रोपाइँ, धानको महत्वबारे अन्तरक्रिया तथा स्थानीय किसानहरुको अनुभव आदान–प्रदान कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा रिब्दीकोट क्षेत्रका किसानहरूको उपस्थिति रहेको आयोजकले जनाउनु भएको छ ।








































Comments