राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाद्वारा आयोजित ७ दिने मादल बजाउने तालिम शुरू !

तानसेनमा राष्ट्रियलोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति पाल्पा द्वारा आयोजित ७ दिने मादल वजाउने प्रशिक्षण कार्यक्रमको शुभारम्भ भएको छ ।

 

 तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीको प्रमुख आतिथ्यतामा सुभारम्भ भएको कार्यक्रममा विशिष्ठ अतिथि तथा अतिथिको रुपमा तानपा ६ का वडाध्यक्ष सागरमान महर्जन,राष्टिय स्वतन्त्रपाटीका अध्यक्ष शुमन गैरे, कानुनी सल्लाकार शिवचन्द्र देवकोटा,तानसे नगर पालिका सामुदायीक विकाश शाखा प्रमुख भरत प्रसाद आचार्य, पाल्पा व्यापार संघका वरिष्ट उपाध्यक्ष कमल ढकाल, राष्ट्रियलोक दोहोरी प्रतिष्ठानका सल्लाहाकार जय प्रकाश उप्रेती लगायतका अतिथि ज्युहरुको उपस्थितिमा तालिमको उदघाटन भएको कार्यक्रमका संयोजक पवन वस्यालले जानकारी दिनु भयो ।

 

वेलावेलामा विभिन्न किसिमका सिपमुलक तालिम र प्रशिक्षण दिदै आएको राष्ट्रियलोक तथा दोहोरीगीत प्रतिष्ठानले केवल दर्ता शुल्क मात्र दिन यहि जेठ १८ गतेवाट २४ गते सम्म (७ दिने)तालिम दिनलागेको  प्रतिष्ठानका प्रथम उपाध्यक्ष तथा प्रशिक्षक रुपेश  कार्कीले वताउनु भयो ।

 एक समारोह विच ओंपचारिक कार्यक्रमवाट सुभारम्भ भएको मादल वजाउने प्रशिक्षणमा कार्यक्रमा आज पहिलो दिन ६ जना पुरुष र २२ जना महिला गरि २८ जना सहभागी रहेको सो तालिम आफुहरुलाई पहिले देखि नै लिने इच्छा भएकोमा आज लोकदोहोरी प्रतिष्ठानले सिक्ने अवसर जुटाइ दिएकोमा प्रतिष्ठानलाई धन्यवाद दिदै १ हप्ते तालिमको यो अवधि भित्र आफुले मादल वजाउन सिक्ने आसा जागेको तालिममा सहभागी तानसेन १ कि चित्रकला न्यौपानेले वताउनुभयो ।

  तालिम कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पाल्पाका अध्यक्ष कमल भट्टराइको अध्यक्षता, प्रतिष्ठानका सदस्य  मेघराज (पवन) वस्यालको संयोजन, तालिमका प्रशिक्षक तथा प्रतिष्ठाका उपाध्यक्ष रुपेश कार्कीको स्वागत र सह कोषाध्यक्ष रामकृष्ण कार्की संचालनमा उदघाटन शत्र सम्पन्न भएको हो । 

Comments