राष्ट्रप्रेमी बस्यालले परिक्षार्थीहरुलाई कलम बितरण

पाल्पा बगनासकाली ८ बेलौतिखरकका सुशिल बस्याल "राष्ट्रप्रेमी"ले स्नातक तह तृतीय बर्षका परिक्षार्थीहरुलाई त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पामा कलम बितरण गरेका छन । 

 

सामाजिक क्षेत्रमा निरन्तर काम गर्दैँ आएका बस्यालले कलम बितरण अभियानले सामाजिक एकताको सन्देश जाने कुरामा जोड दिदैँ आफु शिक्षण पेशामा आवद्द भएको हुनाले कलम बितरण अभियान रोजाईमा परेको र सबै परिक्षार्थी  संग सम्बन्ध मजबुत हुने र समाजिक एकता कायम हुने भएकाले यो अभियान सञ्चालन गरेको बताए । बस्याल अहिले त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु सदस्य पदमा समेत रहेका छन । 

 

त्रिभुवन बहुमुखी क्याम्पस ,तानसेन पाल्पाका स्ववियु सभापति कृष्ण अर्यालले संघ ,संगठनका गतिविधि भैराखेको बेला यो नमुना कार्यले सबैमा सकारात्मक सन्देश प्रबाह भएको र अभियानले पुर्ण सफलता पाउनु पर्ने कुरालाई जोड दिदैँ राष्ट्रप्रेमी बस्याललाई बधाई सहित शुभकामना दिएका थिए ।

 

कार्यक्रममा कलम बितरणमा सहभागी हुँदै नेविसंघ केन्द्रिय सदस्य सुवाश गैरे,नेविसंघ त्रिभुवन बहुमुखी क्याम्पस इकाई सभापति पुन्य प्रसाद सुवेदिले अभियान्तालाई संगै परिक्षार्थी सबैलाई शुभकामना दिदैँ कलम बितरणमा सहभागी भएका थिए । त्रिभुवन बहुमुखी क्याम्पसका प्राध्यापकहरु ,पुर्व स्ववियु सभापती हरिवोल भट्टराईले यस्ता कार्यक्रमले निरन्तरता पाउने कुरामा जोड दिदैँ  कार्यक्रमलाई सफलताको शुभकामना दिएका थिए। एकघर एक लालिगुँरास अभियानले चर्चा बटुलेका राष्ट्रप्रेमी बस्यालले एक हप्ता अगाडी बृद्द आश्रममा दर खाने कार्यक्रम सम्पन्न गरेका थिए। उनी अहिले त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु सदस्यमा समेत रहेका छन ।

Comments