रास्वपा तानसेन नगर कमिटीमा जीवन पाण्डेय निर्वाचित
तानसेन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तानसेन नगर कमिटीको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनबाट जीवन पाण्डेय को नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो ।
पाण्डेयको नेतृत्वमा गठित नयाँ कार्यसमितिमा कलावती दाहाल उपसभापति, विष्णु पौडेल सचिव र यम बहादुर थापा रेग्मी सह-सचिवमा चयन भएका छन् । समितिका सदस्यहरूमा पद्मा भट्टराई श्रेष्ठ, शेषकान्त रेग्मी, सुमन कार्की क्षेत्री, शोकि श्रेष्ठ, सरस्वती पाण्डे, मनकला भट्टराई र शोभा सुनार रहेका छन् ।
प्रतिनिधिहरूको टुङ्गो
अधिवेशनले केन्द्रीय, प्रदेश र जिल्ला तहका प्रतिनिधिहरू पनि सर्वसम्मत चयन गरेको छ ।
• महाधिवेशन प्रतिनिधि : विदुर घिमिरे र भीम बहादुर कुमाल
• प्रदेश प्रतिनिधि : रविन्द्र आचार्य र दशरथ पाण्डे
• जिल्ला प्रतिनिधि : मान बहादुर थापा, डिल्लीराज सापकोटा र जनक नेपाल रहेका छन ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य मन्जु भुषालले पाल्पाको समग्र विकासमा आफूले केन्द्रबाट निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “पाल्पाको विकास निर्माण र जनताका मुद्दालाई सरकारको प्राथमिकतामा राख्न म आफैं लागिपरेको छु,” भुषालको भनाइ थियो । अधिवेशनमा रास्पाका जिल्ला स्तरीय नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो । नयाँ नेतृत्वले तानसेन नगरमा पार्टीको संगठन विस्तार र स्थानीय मुद्दाहरूमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।









































Comments