रैनादेवी छहरामा दुर्गम क्षेत्रमा मोबाइल नेटवर्क सुरु गरेका छौ:-अध्यक्ष भट्टराई
पाल्पा — रैनादेवी छहरा गाउँपालिकाको पहल र नेपाल टेलिकमको सहकार्यमा दुर्गम क्षेत्रका वडा नं .६ बल्ढेङ्गढी , सत्यवती, म्यालढाप,तिनाउ कचल लगायतका बस्तीमा अब गुणस्तरीय मोबाइल नेटवर्क सुविधा पुगेको छ । गाउँपालिकाका अध्यक्ष रूक्मागत भट्टराईले यसलाई गाउँको भविष्यसँग जोडिएको ऐतिहासिक कदम भन्नु भएको छ ।
अध्यक्ष भट्टराईका अनुसार, लामो समयदेखि सञ्चार पहुँचको अभावले गाउँमा शिक्षा, स्वास्थ्य, व्यवसाय र प्रशासनमा धेरै चुनौती उत्पन्न गरेको थियो । हाम्रो प्राथमिक लक्ष्य नै गाउँमा सशक्त सञ्चार पूर्वाधार स्थापना गर्नु थियो । टावर निर्माणले यस क्षेत्रमा आपतकालीन सेवासमेत प्रभावकारी भएको अध्यक्ष भट्टराईले भन्नुभयो ।
उहाँले विस्तार गर्दै भन्नुभयो, “गाउँपालिकाले यस परियोजनालाई प्राथमिक विकास एजेन्डामा राखेको बताउनुभयो । नेपाल टेलिकमसँग निरन्तर समन्वय गरी गुर्हाठाना कालिका मन्दिरको डाँडामा अत्याधुनिक टेलिकम टावर निर्माण गर्यौं । यसले केवल मोबाइल नेटवर्क मात्रै प्रदान गरेको छैन, गाउँको सम्पूर्ण सामाजिक, शैक्षिक र आर्थिक जीवनमा सकारात्मक परिवर्तन ल्याएको बताउनुभयो । अध्यक्ष भट्टराईका अनुसार, टावर निर्माणको प्रक्रिया चुनौतीपूर्ण थियो । भौगोलिक कठिनाइ र वर्षातका कारण निर्माण सामग्री ढुवानी गर्न गाह्रो भयो । यो केवल संरचना होइन, गाउँको भविष्यसँग जोडिएको योजना हो,उहाँले जोड दिनुभयो । अब बस्तीमा स्पष्ट र स्थिर मोबाइल सिग्नल पुगेको छ । विद्यार्थीहरूले अनलाइन कक्षा सजिलै लिन सक्छन्, स्वास्थ्यकर्मीले तुरुन्त चिकित्सकसँग सम्पर्क गर्न सक्छन् र व्यवसायीहरूले प्रत्यक्ष बजारसँग सम्पर्क गर्न सक्छन् । यसले गाउँको जीवनस्तर नै परिवर्तन गर्नेछ । गाउँपालिकाले सोही स्थानमा २०० वटा सिम कार्ड नि:शुल्क वितरण गरेको छ । यसले विशेषगरी स्वास्थ्य चौकी, विद्यालय, सहकारी संस्था र आर्थिक रूपमा कमजोर परिवारलाई प्रत्यक्ष लाभ पुर्याएको छ । भविष्यमा इन्टरनेटको गति बढाउने, डिजिटल शिक्षा विस्तार गर्ने, स्मार्ट कक्षा सुरु गर्ने र अनलाइन स्वास्थ्य सेवा उपलब्ध गराउने योजनामा छौं ,अध्यक्ष भट्टराई बताउनुभयो ।
उहाँले यस परियोजनाको ऐतिहासिक महत्वलाई पनि स्पष्ट पार्नुभयो । यो केवल टावर निर्माणको कथा मात्र होइन । यो गाउँको सामाजिक, आर्थिक र शैक्षिक विकाससँग प्रत्यक्ष जोडिएको कदम रहेको बताउनुभयो । बस्तीका नागरिकले अब घरमै बसेर शिक्षा, स्वास्थ्य र सूचना सेवा पाउने भएका छन् । यो हाम्रो लागि गर्वको विषय हो। हामीले प्रयास गर्यौं, योजना बनायौं र यसलाई कार्यान्वयन गर्यौं । यसको प्रभाव दीर्घकालीन हुनेछ ।
अध्यक्ष भट्टराईले यस कार्यमा स्थानीय जनताको सहयोग र नेपाल टेलिकमको सक्रिय सहभागितालाई पनि महत्व दिनु भएको छ । स्थानीय समुदायको सहयोग बिना यो सम्भव थिएन । हामीले स्थानीय श्रम, सामग्री र सहयोगमार्फत यो परियोजना सफल बनायौं । नेपाल टेलिकमसँगको समन्वयले प्राविधिक समस्या समाधान गर्न मद्दत गर्यो । यसै कारण टावर सञ्चालनमा आयो र प्रभावकारी सेवा दिइरहेको छ । हामी भविष्यमा पनि यस्तै सहकार्य जारी राख्नेछौं,उहाले बताउनुभयो । उहाँले टावर परियोजनालाई गाउँको विकाससँग जोडिएको ऐतिहासिक कदमको रूपमा वर्णन गर्दै भन्नुभयो, यस परियोजनाले दुर्गम क्षेत्रका नागरिकको जीवनस्तरमा स्थायी परिवर्तन ल्याउने छ । अब बस्तीका मानिसहरूले घरमै बसेर शिक्षा, स्वास्थ्य, व्यवसाय र प्रशासनको पहुँच पाउने बताउनुभयो ।








































Comments