रैनादेवी छहरामा सुपा देउराली मन्दिर स्थापना भएपछि भक्तजनहरुको चहल पहल बढ्यो !
सन्तोष गहतराज
रैनादेवी छहरा गाउँपालिका वडा नंं ४ मइ पोखरी डाडामा अहिले दिनहु चहल पहल बढ्दै गएको छ । स्थानीय छहरा, मेहलढाप, सल्लेधारा लगायत स्थानीयवासीको रोजाईको स्थान मात्र बनेको महि पोखरी अहिले सबै क्षेत्रका मानिसको लागी धार्मिक, पर्यटकीय, पर्यापर्यटनको केन्द्रविन्दुको रुपमा विकास हुदै गएको छ ।
वि स २०७९ साल पुश २३ गते अर्घाखाँची ढाकावन निवासी देव बहादुर नेपालीलेको कारण आज महि पोखरी धार्मिक, पर्यटकीय रुपमा विकास हुदै गएको छ । देश विदेशका नेपाली भक्तजनहरुको लागी आस्थाको केन्द्रको रुपमा विकास हुदै गएको छ रैनादेवी छहरा गाउँपालिका वडा नंं ४ महि पोखरी , विगत ५ बर्ष देखी लामाधामी गर्दै आएका अर्घाखाँचीका देव बहादुर नेपालीलाई सुपादेउराली भगवती देवी उत्रिएपछि सुपा देउराली मन्दिरमा पुजा पाठ गर्दै आएका थिए ।
देव बहादुरलाई नै सुपा देउराली भगवती देवीले मलाई यहाँ अशान्ती भयो, शान्त स्थानमा लैजाउ भनेर दिव्य दर्शन दिएपछि उनी मन्दिरको घण्ट लिएर शान्त स्थान खोज्दै हिडेका थिए । लामा देव बहादुर नेपाली सुपा देउरालीको घण्ट वोकेर देवी लाई शान्त स्थानमा राख्ने अभियानमा छहरा तर्फ आउदै गर्दा महि पोखरीमा जिप अचानक रोकिएपछी किन रोकियो भनी हल्ला खल्ला भयो । सुपा देउरालीको घण्ट बोकेर हिडेका देव बहादुर गाडी रोकिएपछि महि पोखरीमा हल्लिन थाले । गुरू देव बहादुरसंग देवीले मलाई यहा माथी जंगल उपयुक्त स्थान छ, म यही बस्छु भनेर दर्शन दिएपछि सुपा देउरालीको घण्ट महि पोखरी जंगलमा राखी देवीको पुजा आजा गर्न थालियो ।
सोही समय पछि सुपादेउराली देवीको पुजा महि पोखरीमा पुजा आजा शुरु गरिएकाे थियाे । छहराको महि पोखरीमा सुपा देउराली भगवती देवीको घण्टा राखेर नै स्थानीयवासीहरुले दिनहु नित्य पुजा आजा गर्दै आएका छन । स्थानीयवासीले सुपा देउराली देवीको वास भएपछि पुजा आजा संगै प्रचार प्रसार गर्न थालेपछी अहिले महि पोखरीमा भक्तजनहरु बढेका छन । भक्तजन बढेपछी स्थानीयवासीको अगुवाईमा मन्दिर व्यबस्थापन समिती निर्माण गरी महि पोखरीमा सुपादेउराली मन्दिर निर्माण तथा भौतिक पुर्वाधार निर्माणको काम भईरहेका छन । अहिले मन्दिर निर्माण, भक्तजनको लागी खानेपानी तथा चोखनितको लागी पानी टंकी निर्माण, शौचालय निर्माण, देवीको लागी बलि चढाउने स्थान मन्दिरमा जाने भक्तजनको लागी बाटो घाटो निर्माणको काम भईरहेको छ ।
रैनादेवी छहरा गाउँपालिकाले महि पोखरी छहरामा स्थापना भएको सुपा देउराली मन्दिर निर्माण तथा अन्य भौतिक पुर्वाधार निर्माणको लागी गत बर्ष ३ लाख र चालु आर्थिक बर्षमा ५ लाख रुपैया विनियोजन गरेको र आगामी दिनमा बजेट बढाउदै लगिने गाउँपालिकाका अध्यक्ष रुकमागत भट्टराईले बताउनु भयो । छहरा महि पोखरीमा स्थापना भएको सुपा देउराली मन्दिर लाई व्यस्थित, धार्मिक रुपमा संचालन गर्दै महि पोखरी क्षेत्र लाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी पालिकाले योजना बनाउने उपाध्यक्ष युवराज थापाले बताउनु भयो ।
हामि बच्चा हुदा पोखरी क्षेत्रमा आएर बस्दा मन शान्त हुने, आनन्द आउने हुन्थ्यो साच्चै यहात देवीको बास पो रहेछ अव यहा सबै मिलेर यस क्षेत्रको विकासमा लाग्नु पर्ने स्थानीय राम बहादुर सोमरेले बताउनु भयो । आउदो बैशाख महिनामा मन्दिरको निर्माण कार्य पुरा गरी उद्घाटन गर्ने तयारीमा मन्दिर निर्माणको काम भईरहेको मन्दिर निर्माण समितीका अध्यक्ष टेकराज पोखरेलले बताउनु भयो ।
छहरा महि पोखरी सुपा देउराली मन्दिर स्थापना भएपछि स्वदेश तथा विदेशबाट सहयोग आईरहेको मन्दिर व्यबस्थापन समितीका अध्यक्ष नल बहादुर रानाले बताउनु भयो । मन्दिरलाई धार्मिक पर्यटनकाे रूपमा विकास गर्नका लागि अहिले पुर्वाधार निर्माणकाे कार्यलाई तिव्रता दिइएको बताउनुभयो । मन्दिर निर्माण, भक्तजनको लागी खानेपानी तथा चोखनितको लागी पानी टंकी निर्माण, शौचालय निर्माण, देवीको लागी बलि चढाउने स्थान मन्दिरमा जाने भक्तजनको लागी बाटो घाटो निर्माणको काम भईरहेको बताउनुभयो । मन्दिर निर्माण पश्चात् पश्चिम पाल्पाकै धार्मिक पर्या पर्यटनमा टेवा पुग्ने अपेक्षा रहेको बताउनुभयो । सुपा देउराली मन्दिर स्थापना भएको करिब एक बर्षमा दर्शन गर्न आउने भक्तजनहरूकाे चहल पहल बढ्दाे क्रममा रहेकाले मन्दिर व्यवस्थापन समितिले मन्दिरकाे भाैतिक पुर्वाधार निर्माण र प्रचार प्रसारलाई तिव्रता दिई रहेकाे अध्यक्ष रानाले बताउनुभयो । मन्दिरमा देश तथा विदेशबाट भक्तजनहरूले आर्थिक सहयोग गरिरहेकाे र मन्दिर लगाएत अन्य पुर्वाधारकाे काम अघि बढिरहेकाले सहयोग र सहकार्यका लागि आम भक्तजनहरूलाई अनुराेध गर्नु भएको छ ।








































Comments