रैनादेवी छहराले सल्लेधारा आगोलागी पिडितलाई राहत प्रदान

पाल्पाको रैनादेबी गाउँपालिका वडा नं ४ सल्लेधारा तिनधारे, सुकादह म्यालढाप लगाएतका ठाउँहरुमा बैशाख १७ गते दिउँसो एक्कासी लागेको आगलागीमा परी दर्जनौ घर गोठ जलेर लाखौंको धनमालको क्षती भएकाे छ । बनमा लागेको आगो घर सम्म पुगेर डिल्लीराज पोखरेल हिराकुमारी पोखरेल बिष्णु प्रसाद पोखरेल र शेषकान्ता पोखरेलको घर पुर्ण रुपमा जलेर नस्ट भएको थियो ।आज उक्त स्थानको अनुगमन गदै रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रुक्मागंत भटराईले आबश्यक पर्ने रहात उपलब्ध गराउदै दुखका बेला स्थानीय सरकार संगै रहेको बताउनु भयो ।

 

राहत प्रदान गर्न वडा अध्यक्ष गोविन्द रायमाझी ,बिपत ब्यावस्थापन समितिका संयोजक महेश बराल, वडा सदस्य रविला पोखरेल ,गाउँपालिकाका लेखा अधिकृत लिलामणी बस्याल ,जिन्सी शाखा प्रमुख प्रकास केशी लगाएतले पिडितकाे घरमै पुगेर राहत उपलब्ध गराएका थिय ।

 

Comments