रैनादेवी छहराले नारी दिवसको दिन पारेर ५० महिलालाई आयआर्जनमा जोड्न सिप सिकाउने

पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले एक सय प्रन्धौ नारी दिवसको अबसर पारेर पालिका भित्रका ५० जना महिलालाई आयआर्जनमा जोड्ने मुख्य उद्धेश्यले निशुल्क सिलाईकटाई तालिम दिने भएको छ । कार्यक्रमको उद्ध्घाटन गदै गाउँपालिका अध्यक्ष रुक्मागंत भटराईले महिला र किशोरीहरूलाई शिक्षा, स्वास्थ्य सेवा, सम्पत्ति अधिकार, राजनीतिक सहभागिता र कानुनी सुरक्षाको ग्यारेन्टी जस्ता मानवीय अधिकार प्राप्तीका लागी रैनादेवी छहरा गम्भिर रुपमा लागेको बताउदै  आयआर्जन न्यून भएका धेरै महिलाहरु सीप सिक्नबाट वञ्चित हुने हुँदा अहिले स्थानीय सरकारको सहयोगमा सीप प्रदान कार्यक्रम अन्तरगत सिलाईकटाई तालिम निशुल्क प्रदान गर्न लागेको समेत बताउनुभयो ।

 

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष युवारज थापाले लैङ्गिक समानता प्राप्त गर्न समाजका हरेक क्षेत्रमा महिलालाई पुरुषसरह अवसर प्रदान गर्नु पर्ने कुरालाई जोड दिदै  शिक्षा, रोजगारी, पारिश्रमिक, नेतृत्व र समाजका अन्य संरचनामा समान पहुँच र सहभागिता सुनिश्चित गर्नु  आजको आवश्यक्ता रहेको समेत बताउनुभयो। उहाँले  पालिका भित्रका महिलाहरुले केही न केही सिप सिकेर आर्यर्आजन गर्न सके सीपले जीवनस्तरमा सुधार ल्याउने र सानो लगानीमा पनि व्यवसाय गर्न सकिने भएकाले आर्थिक अवस्थामा सहयोग पुग्ने समेत बताउनुभयो । कार्यक्रम वडा अध्यक्ष गोविन्द रायमाझी,जिल्ला समन्वय समिति सदस्य बिष्णु कुमारी घिमिरे निमिक्त प्रमुख प्रशासकिय अधिकृत जिवन राना अन्य जनप्रतिनिधि कार्यपालिका सदस्य र नारी दिवसको अवसर पारेर गाउँपालिकाको सभाहल अमलाबासमा पुगेका महिला अधिकारकर्मीले महिला हक, अधिकार, सशक्तीकरण एवं लैङ्गिक समानताका लागि आवाज उठाउँदै  एक शताब्दीभन्दा बढी समयदेखि आजकै दिनलाई महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आइएको भएता पनि सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य हुन नसकेको बताएका छन ।

 

सबै महिला तथा बालिकाको लागि  अधिकार, समानता र सशक्तिकरण’ भन्ने  नाराका साथ एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवस सम्पन्न भएको थियो ।कार्यक्रमको संन्चालन गाउँपालिकाका महिला विकास कार्यक्रमकी प्रमुख छबिता देवकोटा गर्नु भएको थियो ।

Comments