रैनादेवी छहराको सिद्धेश्वरमा सामुदायिक स्वास्थ्य इकाई उद्घाटन; ९५ प्रकारको नि:शुल्क औषधि वितरण हुने!

रमेश राना, पाल्पा- रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा वडा नं.१ सिद्धेश्वरमा सिद्धेश्वर सामुदायिक स्वास्थ्य इकाई स्थापना गरि उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । उद्घाटन कार्यक्रम वडा नं.-१ का वडा अध्यक्ष सोम बहादुर दर्लामीको अध्यक्षताबाट सुचारु भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रुक्मांगत भट्टराई रहनु भएको थियो । भने विशिष्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष युवराज थापा, रैनादेवी छहरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जीवन राना रहनुभएको थियो । भने अतिथिहरुमा सोही वडाका जनप्रतिनिधि , विद्यालयका प्रधानाध्यापकहरु, वुद्धिजिवी, समाजसेवी, संघसंस्थाका प्रमुख लगायतका रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि भट्टराईले आफू गाउँपालिकाको अध्यक्षको रुपमा निर्वाचित भएसँगैको पहिलो जनतामाझ बोलेको यो स्वास्थ्य इकाई स्थापना गर्ने भन्ने योजना सम्पन्न गरेको बताउनुभयो । योसँगै अध्यक्ष भट्टराईले भाषणमा होइन काम गरेर देखाउनु जनप्रतिनिधिको मुख्य धर्म रहेकोले आफू लगायत गाउँपालिकाको सिंगो समूह सोही कदममा यात्रा गरेको समेत बताउनुभयो। स्वास्थ्य इकाईको लागि निकट समयमै आफ्नो भवन निर्माण गर्ने, स्वास्थ्य इकाईका लागि आवश्यक जनशक्ति भर्ना गर्ने, पाल्पा- गुल्मी जोड्ने मनबाघको पक्कीपुल निर्माणका लागि टेन्डर कार्यलाई निरन्तरता दिने बताउनुभयो । विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष थापाले आफ्नो जन्मथलो सोही क्षेत्रमा भएकोले सामुदायिक स्वास्थ्य इकाई स्थापनाको लागि निरन्तर लागिपरेको र ल्याउन सफल भएक पनि बताउनुभयो । उपाध्यक्ष थापाले यहाँका हरेक समस्याहरुलाई नजिकबाट बुझेकोले हरेक समस्याहरुलाई क्रमशः निदान गर्दै जाने समेत बताउनुभयो । विशिष्ट अतिथि गाउँपालिका स्वास्थ्य शाखा प्रमुखले रानाले यस सामुदायिक स्वास्थ्य इकाईबाट ९५ प्रकारका औषधि उपलब्ध गराइने समेत बताउनुभयो । भने अतिथि शिक्षक महासंघका अध्यक्ष तथा भुटुक्दी आ.वि.का प्रधानाध्यापक तुलाराम गरम्जाले यस भेगका करिब ४०० बढी विद्यार्थीका साथै पाल्पा, गुल्मीका सेवाग्राहीहरु समेत यस सामुदायिक स्वास्थ्य इकाईबाट लाभान्वित हुने बताउनुभयो । गरम्जाले गाउँपालिकाको यो महत्त्वपूर्ण कदमलाई धन्यवाद दिदै सम्पूर्ण सेवाग्राहीहरुमा उत्साह थपिएको समेत बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष दर्लामीले गाउँपालिकासँगको आफ्नो निरन्तरको सहकार्यले यहाँका जनताहरुलाई स्वास्थ्य क्षेत्रमा लाभ पुर्‍याउने कार्यमा सफल भएको बताउनुभयो । अध्यक्ष दर्लामीले यस क्षेत्रका हरेक समस्याहरुलाई क्रममै सँग हल गर्दै लैजाने समेत बताउनुभयो । अध्यक्ष दर्लामीले कार्यक्रम पुर्‍याइएको योगदानको कदर गर्दै सम्पूर्ण संघ-संस्था तथा व्यक्तिहरूलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा शिक्षक, विद्यार्थी, सेवाग्राहीहरुको बाक्लो उपस्थिति रहेको थियोे । सोही वडाको पन्चेबाजा समूह, बेद बेदाङ्ग संस्कृत साधारण मा.वि.को सांस्कृतिक समूहको उत्कृष्ट प्रदर्शनले कार्यक्रममा रौनकता छाएको थियो । भने उक्त कार्यक्रमको संचालन सिद्धेश्वर स्वास्थ्य चौकीकी प्रमुख गिता बुढाथोकीले गर्नुभएको थियो ।

 

Comments